इजरायल र प्यालेस्टाइनद्वारा बेथ्लिहम नगरलाई क्वारन्टाइनमा राख्ने निर्णय « Khabarhub

इजरायल र प्यालेस्टाइनद्वारा बेथ्लिहम नगरलाई क्वारन्टाइनमा राख्ने निर्णय


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सात जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि इजरायत तथा प्यालेस्टाइन प्रशासनले बेथ्लिहम नगरलाई क्वारन्टाइनमा राख्ने निर्णय गरेका छन् ।

शुक्रवार रातिदेखि न प्यालेस्टिनी न त इजरेलीहरू उक्त सहर छाड्न वा त्यहाँ आउन पाउनेछन् ।

यो निर्णय अर्को सूचना जारी नभएसम्मका लागि लागू हुनेछ ।

इजरायली रक्षामन्त्रीले प्यालेस्टिनी अधिकारीहरूसँगको समन्वयमा त्यसलाई कार्यान्वयन गर्न इजरायली सेनालाई आदेश दिएका छन् ।

यसअघि बेथ्लिहेमस्थित एउटा गिर्जाघर बन्द गरिएको थियो ।

प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले कोरोनाभाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि वेस्ट ब्याङ्कमा एक महिने सङ्कटकाल घोषणा गरेका छन् ।

कोरोनाभाइरसका कारण अर्थतन्त्रमा पर्नसक्ने असरको डरका कारण अमेरिकी शेअर बजारमा निकै गिरावट आएको छ।

डाउ जोन्स इन्डस्ट्रियल एभरेज नौ सय सत्तरी विन्दु अर्थात् तीन दशमलव ६ प्रतिशतले तल झरेको छ।

उक्त भाइरस सङ्क्रमणका कारण विश्वभर पर्यटन उद्योगमा पहिले नै नकारात्मक असर पर्न थालिसकेको छ।

त्यसले गर्दा यात्रा, पर्यटन, उड्डयन, समुद्री यात्रालगायतका व्यवसायमा गम्भीर मन्दी आएको छ।

अमेरिकी विमान सेवा कम्पनीका साथसाथै विमान निर्माता कम्पनीको शेअरमा पनि गिरावट आएको छ। युरोपेली शेअर बजार पनि ओरालो लागेको छ।

यसैबीच अमेरिकी माथिल्लो सदन सिनेटले कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्ने प्रयासका लागि आठ दशमलव तीन अर्ब डलर बराबरको बजेट स्वीकृत गर्ने एउटा आकस्मिक विधेयक पारित गरेको छ।

बुधवार उक्त विधेयक तल्लो सदनले पारित गरेको थियो। त्यसलाई अब राष्ट्रपति डोनल्ड ट्रम्पसमक्ष हस्ताक्षर गरी लागु गर्नका लागि पठाइनेछ।

तीन अर्ब डलरभन्दा बढी कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकास गर्न, ,परीक्षण गर्न र परीक्षणका लागि सारजामको व्यवस्था गर्नका लागि खर्च गरिनेछ ।

बाँकी रकम कोरोनाभाइरसको सङ्क्रमणसँग लड्ने अन्तर्राष्ट्रिय पहलका लागि खर्च हुनेछ ।

कोरोनाभाइरस सङ्क्रमण रोक्ने कार्यको नेतृत्व गरिरहेका अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अमेरिकासँग अहिले पनि उक्त भाइरस परीक्षण गर्ने पर्याप्त सारजामहरू नभएको बताएका छन्।

उता इटलीले हालसम्म कोरोनाभाइरस सङ्क्रमणका कारण एक सय ४० जनाको मृत्यु भएको विश्वास गरेको बताएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १० : ५७ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन