६ महिनाअघि विवाह गरेकी युवतीले त्रिशुलीमा हामफालिन्, पति पक्राउ | Khabarhub Khabarhub

६ महिनाअघि विवाह गरेकी युवतीले त्रिशुलीमा हामफालिन्, पति पक्राउ


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटको विदुर नगरपालिकामा नवविवाहित युवती मृत भेटिएकी छिन् ।

उनले त्रिशुली नदीमा हामफाल्न खोज्दा ज्यान गुमाएको प्रहरी अनुमान छ । युवतीको मृत्यु भएपछि प्रहरीले सोही स्थानमा अचेत अवस्थामा फेला परेका उनका पतिलाई पक्राउ गरेको छ ।

२१ वर्षीय सञ्जु खातीले बुधवार राति त्रिशुलीमा हाम फालेकी थिइन् ।

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुंगेबजारस्थित खोलासँगै जोडिएको एक चार तले घरको बरन्डाबाट त्रिशुलीमा हाम फालेकी सञ्जुको नदीसँगको बगरमा बजारिएर मृत्यु भएको प्रहरीले अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्लेका अनुसार चारतला माथिबाट हाम फाल्दा बगरमा ठोकिएर मृत्यु भएको देखिएको र घटना बारे थप अनुसन्धान भइरहेको छ ।

‘प्रारम्भिक अवस्थालाई हेर्दा उनले त्रिशुलीमा हाम फालेको जस्तो देखिएको छ, थप अनुसन्धान जारी छ’ उनले भने ।

बगरमा मृत अवस्थामा फेला परेकी उनलाई जिल्ला अस्पताल त्रिशुली पु¥याइएको थियो तर चिकित्सकहरुले उनलाई मृत घोषित गरे ।

उनका पति २२ वर्षका मौसम खाती पनि बेहोस अवस्थामा फेला परेका थिए । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

करिब ६ महिना अघि मात्र सञ्जु र मौसमबीच विवाह भएको थियो । तर दुई जनाबीचको सम्बन्ध भने त्यति राम्रो नचलेको स्थानीयले बताएका छन् ।

उनीहरुबीच विवाद भइरने गरेको र बुधवारपनि दुई जनाबीच विवाद भएपछि घटना घटेको हुनसक्ने स्थानीयको भनाइ उदृत गर्दै प्रहरीले जनाएको छ ।

नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाका अनुसार बुधवार राति १० बजेतिर स्थानीयले घटनाबारे प्रहरीलाई खबर गरेका थिए ।

‘घटनाबारे राति १० बजेतिर खबर भएको थियो’ थापाले भने,‘प्रहरी घटनास्थल पुग्दा महिला घरमुनी त्रिशुलीको बगरमा मृत अवस्थामा भेटिएकी थिइन् । पुरुष भने अचेत अवस्थामा थिए ।’

त्यसलगत्तै उनीहरुलाई अस्पताल लगिएको भएपनि महिलालाई चिकित्सकले मृत घोषित गरेका थिए ।

घटनाबारे थप जानकारी र अध्ययनका लागि महिलाको शव पोस्टमार्टमका लागि पठाइएको उनले जानकारी दिए ।

घटनापछि बेहोस भएका पति मौसम खातीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

पत्नीले हामफालेपछि उनी अचेत भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी भनाइ छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ११ : ३५ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय