गगन थापाद्वारा संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव पेश, भन्छन्– कोरोनाबारे भयभीत नबनौं, सचेत रहौं « Khabarhub

गगन थापाद्वारा संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव पेश, भन्छन्– कोरोनाबारे भयभीत नबनौं, सचेत रहौं


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाभाइरसबाट बच्न सबै सचेत हुनुपर्ने बताएका छन् ।
उनले कोरोनाभाइरसबाट तर्सिन नभइ सचेत हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा शुक्रवार कोरोना भाइरसबारे सार्वजनिक महत्वको प्रस्ताव गर्दै सांसद थापाले नेपालमा अहिलेसम्म संक्रमणको दुःखद् घटना सुन्नु नपरेको सुखद् अवस्था रहेको तर यो सुखद अवस्था सधै रहन्छ ? भन्दै प्रश्न गरेका छन् ।

उनले अहिले नेपालका लागि पूर्व तयारी गर्ने अवसर भएको र त्यस अनुसार का गर्नुपर्ने बताएका छन् ।

उनले सरकार एक्लैले मात्र होइन तीनै तहको सरकार र समुदायपनि सचेत हुनुपर्ने र मिलेर अघिबढ्नु पर्ने बताए ।
उनले सरकारले केही काम गरेको भएपनि पर्याप्त नभएको बताए ।

उनले कोरोना भाइरस संक्रमण रोकथाम र पूर्वतयारीका लागि सरकारले उपप्रधानमन्त्रीको संयोजकत्वमा समिति गठन भएको र त्यसलाई सहयोग गर्नेगरि संसदमा पनि विशेष समिति बनाइनु पर्ने बताए ।

उनले कोरोनाबारे एकै प्लेटफर्मबाट सूचना र जानकारी आउनुपर्ने बताए ।

टेकुस्थित शुक्रराज ट्रफिकल अस्पतालबाट मान्छे भागेको समाचार आएको भन्दै थापाले आइसोलेसन बेड राम्रो बनाउनुपर्ने बताए । सस्तो मूल्यमा पनि आइसोलेसन वार्ड बनाउन सकिने उनले बताए ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १२ : २८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी