स्कुल-कलेजलाई तत्काल बन्द गर्न निर्देश दिन कांग्रेसद्वारा सरकारसँग माग « Khabarhub

स्कुल-कलेजलाई तत्काल बन्द गर्न निर्देश दिन कांग्रेसद्वारा सरकारसँग माग


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्कुल-कलेजलाई तत्काल बन्द गर्न निर्देश दिन सरकारसँग माग गरेको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा कांग्रेस सचेतक पुष्पा भुसालले कोरोनाका कारण लाखौं बालबालिका जोखिम मोलेर स्कुल गइरहेको भन्दै स्कुल-कलेज तत्काल बन्द गर्नका लागि सरकारलाई निर्देशन दिन आग्रह गरिन् ।

जिल्ला प्रशासनले भीडभाडमा नजान सर्कुलर जारी गरेको भएपनि लाखौं बालबालिका स्कुल जान बाध्य रहेको उनले बताइन् ।

‘हिजो भर्खरै मात्र जिल्ला प्रशासनले भीडभाडमा नजान भनेको सर्कुलर पढ्न पायौं । एकातिर जिल्ला प्रशासनले परिपत्र गर्ने अर्कातर्फ लाखौं हाम्रो बालबालिका स्कुल जान बाध्य छन् । चैत ५ सम्म स्कूल बन्द नगर्ने भनेर अर्को सूचना आएको छ,’ सांसद भुसालले भनिन्, ‘एकातर्फ जिल्ला सूचना जारी गर्ने अर्कातर्फ बालबालिका यस्तो जोखिमपूर्ण यात्रा तय गर्नुपर्ने भएकाले सभमुखमार्फत सरकारको ध्यानाकर्षण गराएर स्कुल-कलेजलाई तत्काल बन्द गर्न निर्देश गर्न माग गर्दछु ।’

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १२ : ५३ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ

वर्षासहितको हुरीबतासले भक्तपुरका दुई घरमा क्षति

भक्तपुर – सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका–२ दुवाकोट त्रिपुराटोलस्थित

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत