स्कुल-कलेजलाई तत्काल बन्द गर्न निर्देश दिन कांग्रेसद्वारा सरकारसँग माग « Khabarhub

स्कुल-कलेजलाई तत्काल बन्द गर्न निर्देश दिन कांग्रेसद्वारा सरकारसँग माग


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्कुल-कलेजलाई तत्काल बन्द गर्न निर्देश दिन सरकारसँग माग गरेको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा कांग्रेस सचेतक पुष्पा भुसालले कोरोनाका कारण लाखौं बालबालिका जोखिम मोलेर स्कुल गइरहेको भन्दै स्कुल-कलेज तत्काल बन्द गर्नका लागि सरकारलाई निर्देशन दिन आग्रह गरिन् ।

जिल्ला प्रशासनले भीडभाडमा नजान सर्कुलर जारी गरेको भएपनि लाखौं बालबालिका स्कुल जान बाध्य रहेको उनले बताइन् ।

‘हिजो भर्खरै मात्र जिल्ला प्रशासनले भीडभाडमा नजान भनेको सर्कुलर पढ्न पायौं । एकातिर जिल्ला प्रशासनले परिपत्र गर्ने अर्कातर्फ लाखौं हाम्रो बालबालिका स्कुल जान बाध्य छन् । चैत ५ सम्म स्कूल बन्द नगर्ने भनेर अर्को सूचना आएको छ,’ सांसद भुसालले भनिन्, ‘एकातर्फ जिल्ला सूचना जारी गर्ने अर्कातर्फ बालबालिका यस्तो जोखिमपूर्ण यात्रा तय गर्नुपर्ने भएकाले सभमुखमार्फत सरकारको ध्यानाकर्षण गराएर स्कुल-कलेजलाई तत्काल बन्द गर्न निर्देश गर्न माग गर्दछु ।’

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १२ : ५३ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष