दुबईका शेखले छोरीको अपहरण र पत्नीलाई धम्की दिएको बेलायती अदालतको ठहर « Khabarhub

दुबईका शेखले छोरीको अपहरण र पत्नीलाई धम्की दिएको बेलायती अदालतको ठहर


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– दुबईका शासक शेख मोहम्मद बिन रशिद अल-मक्तुमले छोरीको अपहरण र पत्नीलाई धम्की दिएको बेलायती अदालतको ठहर गरेको छ ।

अपहरण, जबरजस्ती फिर्ता लैजाने, प्रताडना तथा तर्साउने र धम्क्याउने कार्यलगायत कार्य गरेको उनकी पूर्वपत्नी राजकुमारी हाया बिन्त अल-हुसेनले लगाएका आरोपहरू पुष्टि भएको बिहीवार अदालतले ठहर गरेको छ ।

आठ महिना अघि सुरु भएको उक्त मुद्दापश्चात् अदालतले राजकुमारी हायाका पक्षमा एउटा फ्याक्ट फाइन्डिङ जजमेन्ट (एफएफजे), तथ्यको खोजी गर्ने निर्णय, प्रकाशित गरेको बीबीसीले जनाएको छ ।

राजकुमारी हाया गत वर्ष दुबईबाट आफ्ना दुई बच्चाका साथ भागेकी थिइन् । उनले साथीहरूलाई आफ्नो ज्यान जाने डरले भागेको बताएकी थिइन् ।

शेख मोहम्मदले निर्णयलाई सार्वजनिक जानकारीभन्दा बाहिर राख्ने असफल प्रयास गरेका थिए ।

तर यो विषय सार्वजनिक हितको भएको भन्दै अदालतले उनको अपिल खारेज गरेको थियो । दुबईका शासकलाई “अदालतसमक्ष खुला तथा इमानदार नभएको” ठहर गरिएको थियो ।

ब्रिटिश अदालतको फैसला प्रकाशित भएपश्चात् जारी एक वक्तव्यमा, शेख मोहम्मदले भनेका छन्, “सरकार प्रमुखका रूपमा म अदालतको तथ्य खोज्ने प्रक्रियामा सहभागी हुन सक्षम थिइनँ र त्यसपछि ‘तथ्य-खोजी’ फैसाला जारी गरियो। त्यसले केवल एकपक्षीय कथा मात्र बताउँछ।”

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १ : १७ बजे

जलवायु परिवर्तनसँग जुध्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड

काठमाडौँ – वातावरणीय प्रभावका असर नेपालमा द्रुतगतिमा देखिन थालेको भन्दै

‘सरकारले अपाङ्गता भएकाहरुलाई उपेक्षा गरेको गुनासो’

काठमाडौँ – स्पाइनल इन्जरी अर्थात मेरूदण्डको पक्षघात पीडितहरुले सरकारले आफूहरुलाई

इटहरी गोल्डकप : चर्च ब्याइज युनाइटेड काठमाडौँ फाइनलमा

काठमाडौँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण

स्ववियु निर्वाचन : ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा यही चैत ५ गते

खोलै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीयको विरोध

खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट विद्युत् उत्पादन गर्ने