मास्क महँगोमा बेचेको पाइए ११३७ मा फोन गर्न सरकारको आग्रह | Khabarhub Khabarhub

मास्क महँगोमा बेचेको पाइए ११३७ मा फोन गर्न सरकारको आग्रह


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण विश्वभर बढ्दै जाँदा र विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिममा राखेपछि नेपालमा मास्कको माग उच्च भएको छ ।

मास्कको माग उच्च भएपछि नेपालमा मास्कको कालोबजारी भइरहेको छ । पहिला पाइने भन्दा दोब्बर मूल्यमा मास्क बेचिएको फेला परेपछि सरकारले केही मास्क बितरकलाई कारवाहीसमेत गरेको छ भने केही पसलहरुमा सिलसमेत गरेको छ ।

१० रुपैयाँ पर्ने मास्कलाई तीस रुपैयाँ भन्दा धेरै लिएर पसलेहरुले बेचिरहेको गुनासो बढेसँगै सरकारले अनुगमन बढाएको छ ।

मास्क महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ । मास्क नपाइए वा बढी मूल्य तिर्नु परेको खण्डमा पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न वा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गरे ।

उजुरीको आधारमा सरकारले अनुगमन गरी दोषी पाइए तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने र मुद्दा चलाउने उनले जानकारी दिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १ : ४१ बजे

भूमि आयोगको कामलाई स्थानीय तहले चासो दिएनन्, समस्या समाधानमा ढिलाइ

भोजपुर– यहाँका स्थानीय तहको कम चासोका कारण भूमि समस्या समाधान

काठमाडौं र ललितपुरमा करिब ११ लाख बराबरको धनमाल चोरी

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका-१० डेरा गरी बस्ने उदयपुर घर भएका २९

बाढी पहिराले देशभरका नौ सडकखण्ड अवरुद्ध

काठमाडौं– अविरल वर्षाले देशभरका विभिन्न नौ सडकमा आवतजावत पूर्ण अवरुद्ध

भरतपुर अस्पतालले बिमाबापतको एक अर्ब पाउन बाँकी

चितवन– भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत प्राप्त गर्नुपर्ने रकम एक अर्ब नाघेको

सीमा समस्या संवादबाट समाधान गर्नुपर्छ : प्रचण्ड

मोरङ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा