ललिता निवासको भ्रष्टाचार मुद्दामा गच्छदारविरुद्ध म्याद जारी « Khabarhub

ललिता निवासको भ्रष्टाचार मुद्दामा गच्छदारविरुद्ध म्याद जारी


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विशेष अदालतले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध १५ दिने म्याद जारी गरेको छ ।

सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा संलग्न रहेको अभियोग लगाइएका गच्छदारलाई १५ दिनभित्र अदालतमा हाजिर हुन भन्दै म्याद जारी गरिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

प्रवक्ता पाण्डेका अनुसार अहिलेसम्म गच्छदारसहित ७४ जना प्रतिवादीविरुद्ध म्याद जारी भइसकेको छ ।

विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित परिवारका व्यक्ति, गैर आवासीय नेपाली संघसहित विरुद्ध म्याद जारी गरेको हो ।

उक्त प्रकरणमा मुछिएका पूर्वमन्त्रीहरु डम्बर श्रेष्ठ र छविराज पन्तविरुद्ध पनि म्याद जारी गरिसकेको छ ।

बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ २२ गते १ सय १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त प्रकरणमा अन्य ६५ व्यक्ति तथा संस्थालाई सम्पत्ति तथा जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  २ : ३७ बजे

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी

एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने पक्राउ

रसुवा – एम्बुलेन्समा चुरोट र लागुपदार्थ तस्करी गर्ने चार जना

नेपालले छिमेकीसँगको सम्बन्ध सुमधुर राख्नुपर्छ : सुजाता कोइराला

काठमाडौं – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला नेपालले छिमेकी मुलुकसँगको