ललिता निवासको भ्रष्टाचार मुद्दामा गच्छदारविरुद्ध म्याद जारी « Khabarhub

ललिता निवासको भ्रष्टाचार मुद्दामा गच्छदारविरुद्ध म्याद जारी


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विशेष अदालतले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध १५ दिने म्याद जारी गरेको छ ।

सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा संलग्न रहेको अभियोग लगाइएका गच्छदारलाई १५ दिनभित्र अदालतमा हाजिर हुन भन्दै म्याद जारी गरिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

प्रवक्ता पाण्डेका अनुसार अहिलेसम्म गच्छदारसहित ७४ जना प्रतिवादीविरुद्ध म्याद जारी भइसकेको छ ।

विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित परिवारका व्यक्ति, गैर आवासीय नेपाली संघसहित विरुद्ध म्याद जारी गरेको हो ।

उक्त प्रकरणमा मुछिएका पूर्वमन्त्रीहरु डम्बर श्रेष्ठ र छविराज पन्तविरुद्ध पनि म्याद जारी गरिसकेको छ ।

बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ २२ गते १ सय १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त प्रकरणमा अन्य ६५ व्यक्ति तथा संस्थालाई सम्पत्ति तथा जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  २ : ३७ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान