ग्यासको अभाव भएको छैन, कसैले कालोबजारी गरे खबर गर्नुस् : महानिर्देशक सुवेदी « Khabarhub

ग्यासको अभाव भएको छैन, कसैले कालोबजारी गरे खबर गर्नुस् : महानिर्देशक सुवेदी


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै मानिसहरुले दैनिक उपभोग्य सामाग्रीको भण्डारण र व्यापारीले कृतिम अभाव सिर्जना गर्न शुरु गरेका छन् ।

जसका कारण ग्यास लगायतका दैनिक उपभोग्य सामाग्रीको बजारमा अभाव देखिन थालिएको छ ।

बजारमा ग्यास लगायतका वस्तुको अभाव हुन थालेको उपभोक्ताहरुको गुनासो रहेको छ ।

मास्क र स्यानेटाइजर लगायतका वस्तुको अभाव र चर्को मूल्य असुल भइरहेको समाचारहरु सार्वजनिक भइरहँदा ग्यास लगायतका अन्य दैनिक उपभोग्य सामाग्रीको अभाव हुन शुरु भएको हो ।

तर सरकारले भने विदेशबाट आपूर्ति सहज रुपमा भइरहेको भन्दै नआत्तिन र चाहिने भन्दा धेरै वस्तुको भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले दैनिक उपभोग्य सामाग्रीहरुको सहज आपूर्ती भइरहेको भन्दै नआत्तिन उपभोक्ताहरुलाई आग्रह गरे । उ

नले ग्यास, पेट्रोलियम पदार्थ र अन्य उपभोग्य सामाग्रीहरुको कृतिम अभाव सिर्जना गर्न खोज्ने व्यापारीमाथि कारवाही गरिने बताए ।

कसैले ग्यास लुकाएको थाहा पाए वा नदिएको खण्डमा सूचना दिन पनि उनले आग्रह गरे ।

व्यापारीले ग्यास नदिए वा लुकाए फोन नम्बर ११३७ मा सम्पर्क गर्न उनले आग्रह गरे ।

आजै बसेको संसद बैठकमा पनि सांसदहरुले बजारमा कोरोना भाइसर संक्रमणको नाममा कलोबजारी भइरहेको भन्दै अनुगमन रोक्न र आपूर्ति व्यवस्थालाई सहज बनाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ३ : ३४ बजे

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले सम्बोधनमा के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार