ग्यासको अभाव भएको छैन, कसैले कालोबजारी गरे खबर गर्नुस् : महानिर्देशक सुवेदी « Khabarhub

ग्यासको अभाव भएको छैन, कसैले कालोबजारी गरे खबर गर्नुस् : महानिर्देशक सुवेदी


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै मानिसहरुले दैनिक उपभोग्य सामाग्रीको भण्डारण र व्यापारीले कृतिम अभाव सिर्जना गर्न शुरु गरेका छन् ।

जसका कारण ग्यास लगायतका दैनिक उपभोग्य सामाग्रीको बजारमा अभाव देखिन थालिएको छ ।

बजारमा ग्यास लगायतका वस्तुको अभाव हुन थालेको उपभोक्ताहरुको गुनासो रहेको छ ।

मास्क र स्यानेटाइजर लगायतका वस्तुको अभाव र चर्को मूल्य असुल भइरहेको समाचारहरु सार्वजनिक भइरहँदा ग्यास लगायतका अन्य दैनिक उपभोग्य सामाग्रीको अभाव हुन शुरु भएको हो ।

तर सरकारले भने विदेशबाट आपूर्ति सहज रुपमा भइरहेको भन्दै नआत्तिन र चाहिने भन्दा धेरै वस्तुको भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले दैनिक उपभोग्य सामाग्रीहरुको सहज आपूर्ती भइरहेको भन्दै नआत्तिन उपभोक्ताहरुलाई आग्रह गरे । उ

नले ग्यास, पेट्रोलियम पदार्थ र अन्य उपभोग्य सामाग्रीहरुको कृतिम अभाव सिर्जना गर्न खोज्ने व्यापारीमाथि कारवाही गरिने बताए ।

कसैले ग्यास लुकाएको थाहा पाए वा नदिएको खण्डमा सूचना दिन पनि उनले आग्रह गरे ।

व्यापारीले ग्यास नदिए वा लुकाए फोन नम्बर ११३७ मा सम्पर्क गर्न उनले आग्रह गरे ।

आजै बसेको संसद बैठकमा पनि सांसदहरुले बजारमा कोरोना भाइसर संक्रमणको नाममा कलोबजारी भइरहेको भन्दै अनुगमन रोक्न र आपूर्ति व्यवस्थालाई सहज बनाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ३ : ३४ बजे

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा