अमेरिकाद्वारा कोरोना भाइरसको संक्रमण रोक्न विभिन्न सामग्री सहयोग « Khabarhub

अमेरिकाद्वारा कोरोना भाइरसको संक्रमण रोक्न विभिन्न सामग्री सहयोग


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले नेपालमा कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम रोक्न विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।

‘यूएसएड’ नेपालकी निमित्त मिशन निर्देशक एड्रियाना हएसले अमेरिकी सरकारले घोषणा गरेअनुरुप कोरोना भाइरस संक्रमणको रोकथामका लागि आवश्यक सामग्री स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालालाई हस्तान्तरण गरेकी हुन् ।

उनले यो साता ३ हजार थान मास्क, २ हजार ५ सय चेहरा कवच, २ हजार जुत्ता ढाक्ने खोल, २ हजार १ सय सर्जिकल टोपी,  १ हजार ट्राउजर तथा ट्युनिक, १० वटा थर्मो फ्ल्यास थर्मोमिटर, व्यक्तिगत सुरक्षा उपकरणका ७ थान, लेटेक्स पन्जा ४ सय थान र जैविक जोखिमका वस्तु बोक्ने झोला १ सय १० थान लगायत अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेकी हुन् ।

यसै साता अमेरिकी सरकारले नेपाल लगायत २५ कोरोना भाइरस फैलिएका र फैलिन सक्ने मुलुकहरूमा कोरोना नियन्त्रण तथा रोकथाम प्रयासको लागि झन्डै ३ करोड ७० लाख डलर बराबरको आपतकालीन सहयोग दिने घोषणा गरेको थियो।

यो पनि पढौं

अमेरिकाले कोरोना रोकथामका लागि ३ करोड ७० लाख डलर सहयोग गर्ने

 

 

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : ५१ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी