अमेरिकाद्वारा कोरोना भाइरसको संक्रमण रोक्न विभिन्न सामग्री सहयोग « Khabarhub

अमेरिकाद्वारा कोरोना भाइरसको संक्रमण रोक्न विभिन्न सामग्री सहयोग


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले नेपालमा कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम रोक्न विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।

‘यूएसएड’ नेपालकी निमित्त मिशन निर्देशक एड्रियाना हएसले अमेरिकी सरकारले घोषणा गरेअनुरुप कोरोना भाइरस संक्रमणको रोकथामका लागि आवश्यक सामग्री स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालालाई हस्तान्तरण गरेकी हुन् ।

उनले यो साता ३ हजार थान मास्क, २ हजार ५ सय चेहरा कवच, २ हजार जुत्ता ढाक्ने खोल, २ हजार १ सय सर्जिकल टोपी,  १ हजार ट्राउजर तथा ट्युनिक, १० वटा थर्मो फ्ल्यास थर्मोमिटर, व्यक्तिगत सुरक्षा उपकरणका ७ थान, लेटेक्स पन्जा ४ सय थान र जैविक जोखिमका वस्तु बोक्ने झोला १ सय १० थान लगायत अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेकी हुन् ।

यसै साता अमेरिकी सरकारले नेपाल लगायत २५ कोरोना भाइरस फैलिएका र फैलिन सक्ने मुलुकहरूमा कोरोना नियन्त्रण तथा रोकथाम प्रयासको लागि झन्डै ३ करोड ७० लाख डलर बराबरको आपतकालीन सहयोग दिने घोषणा गरेको थियो।

यो पनि पढौं

अमेरिकाले कोरोना रोकथामका लागि ३ करोड ७० लाख डलर सहयोग गर्ने

 

 

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : ५१ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४