कोरोना भाइरस सम्वन्धि जनचेतना अभियान सञ्चालन गर्दै काठमाडौं महानगरपालिका | Khabarhub Khabarhub

कोरोना भाइरस सम्वन्धि जनचेतना अभियान सञ्चालन गर्दै काठमाडौं महानगरपालिका


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संन्त्रास विश्वभरी फैलिरहेका बेला नेपालमा पनि त्यसको संन्त्रास बढेको छ ।

उक्त भाइरसलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका गलत सूचना प्रवाहित गर्दा अझ बढी संन्त्रास फैलिरहेका बेला काठमाडौँ महानगरपालिकाले बृहत जनचेतना मुलक कार्यक्रम गर्ने भएको छ ।

आज राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाले नै आयोजना गरेको कोरोना र डेंगे रोगको महामारी संवन्धि बृहत जनचेतना कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ३२ वटै वडामा जनचेतना मुलुक कार्यक्रम सञ्चालन गर्ने बताए ।

‘कोरोना रोगको महामारीबाट डराउने भन्दा पनि त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेतिर बढी ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘सामाजिक सञ्जाल र केही मिडियामा आएका अनावश्यक हल्लाले बढी संन्त्रास फैलिएको छ । सहि सूचना प्रवाह हुन नसक्दा आम नगरिकमा डर पैदा भएको छ ।’

मेयर शाक्यले महानगरपालिकाले ३२ वटै वडामा अब जनचेतना मुलुक अभियान सञ्चालनको सुरुवात गरेको जानकारी दिदैँ सबै मिलेर यस्ता महामारीबाट कसरी बच्ने र व्यवस्थापन गर्ने भन्नेमा लाग्नु पर्नेमा जोड दिएका छन् ।

‘बनको बाघ होइन अहिले कागजको बाघले खाला भन्ने डरले बढी समस्या भएको छ,’ उनले भने, ‘कोरोनाकै संन्त्रास बढाएर अहिले कालोबजारी समेत बढ्न थालेको छ । यसको नियन्त्रण जरुरी छ ।’

मेयर शाक्यले गर्मी बढ्दै गएपछि अब विस्तारै डेंगेको समेत महामारी बढ्न सक्ने भन्दै त्यसमा पनि सचेत रहन आग्रह गरे। ‘राज्यले दिएका आधिकारिक सूचनालाई मात्रै तपाईँहरुले आधार मान्नुहोला,’ उनले भने, ‘महानगरपालिका भित्रका कुनै नागरिक यदि यस्ता रोगबाट संक्रमित भए भने उपचार गर्ने दायित्व हाम्रो हो । हामी निरन्तर प्रयासमा लाग्ने छौँ । तर, महामारी फैलियो भने नियन्त्रण बाहिर पनि जान सक्छ । त्यस्तो बेलामा समस्या हुन्छ । त्यसैले यस्तो महामारी आउनै नदिनका लागि हामी सबै सचेत भएर व्यवस्थापनमा लाग्नुपर्छ ।’

शाक्यले ३२ वटै वडाका जनप्रतिनिधि र स्वयसेविकालाई घर–घरमा पुगेर जनचेतनामुलुक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको भन्दै सबै नागरिकलाई डरले होइन आरामले बस्न र त्यस्ता महामारीबाट बच्ने उपायबारे जानकार रहनु आग्रह गरेका छन् ।

काठमाडौँ महानगरपालिका सहरी स्वास्थ्य महाशाखाले यस्तो जनचेतना मुलुक कार्यक्रमको थालनी वडा १५ बाट सुरुवात गरिसकेको जानकारी दिएको छ ।

काठमाडौँ महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि सहरी स्वास्थ्य क्लीनिकले दिने सेवालाई थप विस्तार गर्दै थप सेवा दिने कुरामा महानगरपालिका लागि पर्ने बताए।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सरकारले उच्च सतर्कता देखाएको भन्दै अहिले नै आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताएका छन् । ‘तर, केही छैन भनेर ढुक्क बस्ने होइन, सकेसम्म त्यो महामारीलाई आउनै नदिने गरी आम नागरिकले सतर्कता अपनाउन आवश्यक छ,’ उनले चने, ‘हामीले पहिला पनि नाकावन्दी भोगेका छौँ । अब कोरोनाका कारण नाकाबन्दी भयो भने हामी जस्तो परनिर्भर मुलुकका लागि त्यो भयावह हुनेछ ।’

त्यसैगरी रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले अहिलेसम्म ५ सय जनाको र्याल परिक्षण गर्दा एक जनाको पोजेटिभ देखिएको र ती विरामी समेत अहिले ठिक भएको भन्दै अहिले नै आत्ति हाल्नु पर्ने अवस्था नरहेको बताए ।

‘यो रोग लागेका १ सय मा ३ जनाको मात्रै मृत्यु भएको तथ्याङ्क छ,’ उनले भने, ‘त्यसमा पनि बृद्धबृद्धा रोग प्रतिरोधात्मक क्षमता कम भएका र गर्भवतीमा बढी समस्या देखिएको छ ।’

रोग नियन्त्रण महाशाखाकै डाक्टर प्रकाश शाहले गर्मी मौसम आउँदै गरेको भन्दै अब डेंगेको महामारी फैलिन सक्ने भन्दै त्यसमा सजक हुन आग्रह गरे ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : ३६ बजे

‘सरकार ! अहिराजका गुन्डाबाट सुरक्षा पाऊँ’

काठमाडौं– मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा हिरासतमा

कौसीमा ‘ड्रागन फ्रुट’ खेती : वार्षिक आठ लाख आम्दानी

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले

गाजामा भोकमरी चरममा : झन्डै एक तिहाइ जनसङ्ख्या भोकमरीमा

जेरुसलेम- युद्धले तहसनहस बनाएको गाजामा झन्डै एक तिहाइ जनसंख्या धेरै

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतीक : उपप्रधानमन्त्री सिंह

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गौतमबुद्धको जन्मस्थल लुम्बिनी

प्रचण्डले भने- ‘कुलिङ पिरियड’मा एमालेले अन्ततः म्याउ गर्‍यो, संशोधन प्रस्तावबाटै हाम्रो शंका पुष्टि

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती