राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र राजदूत क्वात्राबीच शिष्टचार भेट « Khabarhub

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र राजदूत क्वात्राबीच शिष्टचार भेट


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच शिष्टचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रवार भएको भेटमा दुई देशको सम्बन्ध, साझेदारी, सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो।

भेटमा अध्यक्ष तिमिल्सिनाले नवनियुक्त राजदूत क्वात्रालाई नेपालका लागि राजदूतमा नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

‘नेपाल र भारतबीच लामो समयदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक तथा जनस्तरको सम्बन्ध सुमधुर रहँदै आएको छ,’ उनले भने, ‘नेपाल र भारत बीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ तुल्याउन यहाँको भूमिका महत्वपूर्ण हुने विश्वास लिएको छु।’

त्यसैगरी राजदूत क्वात्राले भेटका क्रममा नेपाल र भारतको सम्बन्ध सरकार, संसद र जनस्तरमा उच्च रहेको बताए । उनले दुई देशबीचमा भएका उच्चस्तरीय भ्रमणले नेपाल र भारत छिमेकी मात्र नभई समृद्धीका साझेदार भएको धारणा राखेका थिए ।

राजदूत क्वात्राले दुई देशका संसदबीचको सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्न उच्चस्तरीय संसदीय भ्रमण हुनुपर्ने बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ६ : ०६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै