कोरोना भाइरसका कारण इरानी विदेशमन्त्रीका सल्लाहकारको मृत्यु « Khabarhub

कोरोना भाइरसका कारण इरानी विदेशमन्त्रीका सल्लाहकारको मृत्यु


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– कोरोना भाइरसले इरानी विदेशमन्त्रीका एकजना सल्लाहकारको मृत्यु भएको छ ।

सन् १९७९ मा अमेरिकी दूतावासको बन्दी संकटका बेला समेत भूमिका खेलेका होसेन शेइखओलसलेमको कोरोना भाइरका कारण मृत्यु भएको इरानको इर्ना समाचार संस्थाले जनाएको छ ।

इर्नाले जनाएअनुसार उनको बिहीबार मृत्यु भएको हो । उनी इरानी विदेशमन्त्री जवाद जरिफका सल्लाहकारको भूमिकामा थिए ।
उनले यसअघि सिरियाका लागि इरानको राजदूतका रुपमा समेत काम गरेका थिए । त्यसबाहेक उनी सन् १९८१ देखि १९९७ सम्म इरानको उपविदेशमन्त्रीको जिम्मेवारीमा थिए ।

कोरोना भाइरसका कारण इरानमा हालसम्म १०७ जनाको मृत्यु भइसकेको छ भने अरु ३ हजार ५ सय १३ जना संक्रमित छन् । मारिनेमध्ये ६ जना उच्च सरकारी एवं राजनीतिक पदाधिकारी छन् ।

सन् १९७९ मा राजधानी तेहरानमा रहेको अमेरिकी दूतावासमा कूटनीतिक बन्दी संकटका बेला उनी विद्यार्थीका रुपमा संलग्न रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरस इरानका सबै ३१ प्रान्तहरुमा फैलिसकेको छ । यसको रोकथामका लागि इरानले विश्वविद्यालयहरु बन्द गरेको छ भने अन्य साँस्कृतिक र खेलकुद गतिविधि पनि बन्द गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ६ : ३२ बजे

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ