एसइई सरेको छैन, यथावतरूपमा सञ्चालन हुन्छः शिक्षा मन्त्रालय « Khabarhub

एसइई सरेको छैन, यथावतरूपमा सञ्चालन हुन्छः शिक्षा मन्त्रालय


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा नसरेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज विज्ञप्ति जारी गरी कोरोना भाइरसका कारणले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एसइई परीक्षा स्थगित भएको र विद्याय बन्द गर्ने भन्ने गलत समाचार प्रवाह भइरहेकाले उक्त परीक्षा यथावतरूपमा नै सञ्चालन हुने जानकारी दिए ।

उनले परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्नेजस्ता गलत सूचनाको भ्रममा नपर्नसमेत अनुरोध गरेका छन् ।

विज्ञप्तिमा मन्त्रालयले स्थितिको नियमित समीक्षा र विश्लेषण गरिरहेको जनाउँदै आवश्यकता एवं औचित्यका आधारमा थप निर्णय भएमा मन्त्रालय र अन्तर्गतका निकायका आधिकारिक वेभसाइटमार्फत तथा सञ्चारमाध्यमद्वारा त्यस्तो सूचना शीघ्र सम्प्रेषण गरिने व्यहोरासमेत जानकारी गराए ।

मन्त्रालयले यसअघि नै कोरोना भाइसरका कारण उत्पन्न वर्तमान परिस्थितिको विश्लेषण गरेर कक्षा १ देखि ९ सम्मका परीक्षा आगामी चैत ५ गतेभित्र सम्पन्न गरिसक्न विद्यालयलाई निर्देशनसमेत गरिसकेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १० : ०१ बजे

नेपालगन्जमा युवतीको जलेर मृत्यु, तीन जना पक्राउ

बाँके – नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची

‘एक्सनमा बालेन्द्र’ : काम गर्न नसके बिदा हुन मन्त्री र कर्मचारीहरूलाई निर्देशन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघिका कुनै पनि घटना र

कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर