मलेसियालाई हराउँदै हङकङ एसीसी एशिया कपका लागि छनोट « Khabarhub

मलेसियालाई हराउँदै हङकङ एसीसी एशिया कपका लागि छनोट


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसियालाई पराजित गर्दै हङकङ एसीसी एशिया कप छनोट प्रतियोगिताका लागि छनोट भएको छ ।

थाइल्यान्डमा सम्पन्न एसीसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटमा हङकङले मलेसियालाई छ विकेटले पराजित गरेको हो । यस प्रतियोगिताबाट शीर्ष दुई टोलीले एशिया कप छनोटमा स्थान बनाउने प्रावधान रहेको छ । हङकङ उपविजेता बन्दै एशिया कपमा छनोट भएको हो ।

थाइल्यान्डको टेडथाई क्रिकेट मैदानमा आज सम्पन्न प्रतियोगिताको अन्तिम खेलमा मलेसियाले जितका लागि दिएको १३३ रनको लक्ष्यलाई हङकङले १८ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो ।

हङकङका शाहिद वासिफले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा जेम्स जोनले अविजित ३३ रन बनाए । बलिङतर्फ मलेसियाका पवनदीप सिंहले दुई विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १३२ रनको योगफल बनाएको थियो । उसका लागि भिरणदिप सिंहले ३३, सायद अजिजले ३० तथा खिजार हायतले २२ रन बनाउनुभएको थियो । हङ्कङका मोहमद अजिज खानले दुई विकेट लिनुभयो । हङकङले चार खेलमा छ अङ्क जोडेको हो । प्रतियोगिताको उपाधि भने सिङ्गापुरले जित्यो । सिङ्गापुरले सात अङ्क जोड्दै उपाधि जितेको हो ।

आजै हुने भनिएको नेपाल र सिङ्गापुरबीचको खेल वर्षाका कारण टस नै गर्न नपाइ रद्द भएको थियो । वर्षाले मैदान खेल्न योग्य नभएपछि दुवै टोलीले एक/एक अङ्क बाँडेका थिए । नेपाल भने यसअघि नै प्रतियोगितबाट बाहिरिएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ७ : १० बजे

नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न

पोर्चुगल– नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र ‘बीसीएम’को पहिलो बैठक पोर्चुगलको राजधानी

ट्राफिक प्रहरी हेटौँडाबाट सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन

बागमती– जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८२–८३

बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा हराइए

चितवन– चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन जोड

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक

तैरिने फोहोर संकलन गर्न बागमतीमा ‘ट्रास बेरियर’ (तस्बिरहरू)

काठमाडौं– सहरी विकास मन्त्रालय अन्तर्गतको बागमती सभ्यता एकीकृत विकास समितिले