कुरा गरेर होइन ‘लिडर’ बन्नेले दूर दृष्टि राखेर काम गर्नुपर्छ : अध्यक्ष भट्टराई  « Khabarhub

कुरा गरेर होइन ‘लिडर’ बन्नेले दूर दृष्टि राखेर काम गर्नुपर्छ : अध्यक्ष भट्टराई 


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेतृत्वका लागि दीर्घकालीन सोच र दृष्टिकोण राख्नुपर्ने बताएका छन्।

होटल एम्बासेडोरले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले अरुले गरेकै काम गर्ने लिडर नहुने र लिडरले अरुले भन्दा परसम्म देख्न सक्ने क्षमता राख्नुपर्ने बताए।

उनले धरैलाई मन पर्छ भनेर लोकप्रिय कुरा गर्ने मान्छेहरु कहिल्यै पनि सफल लिडर बन्न नसक्ने बताए।

उनले भने, ‘लिडर भनेको अरुले भन्दा परसम्म देख्ने हो र अरुले भन्दा पहिले देख्ने हो। अरुले गरिसकेको काम गर्ने, त्यो लिडर होइन। हामी कहाँ के छ भने, धेरैलाई मन पर्छ भनेर पपुलिष्ट कुरा गर्छन्। त्यो लिडर नै होइन।  देश र समाजलाई हित हुने काम गर्न सक्नुपर्छ।’

आफू प्रधानमन्त्री भएको बेला काठमाडौं उपत्यकालाई एक आधुनिक शहरमा परिर्वतन गर्ने महत्वकांक्षासहित सडक विस्तारका लागि गरेको निर्णय चौतर्फी विरोधका बाबजुत पनि सही निर्णय भएको स्मरण गर्दै उनले नेतृत्वले जहिले पनि समाज र राष्ट्रहित हुने निर्णय गर्न सक्नुपर्ने बताए।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ७ : २२ बजे

भारतमा फेरि प्रदर्शन

काठमाडौं- मतदाता नामावलीमा संशोधनसँग सम्बन्धित विषयलाई लिएर भारतका प्रमुख निर्वाचन

दुई वर्षमा एउटा मात्रै फिल्म किन गर्छिन् श्रद्धा कपूर ? 

काठमाडौं– बलिउडमा कलाकारको सफलता मापन गर्ने एउटा प्रमुख आधार बक्स

आनी छोइङको नियुक्तिप्रति दिनेश त्रिपाठीको आपत्ति, भने- सरकारको जवाफ चाहियो

काठमाडौं– लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर वरिष्ठ

द्रौपदीलाई बार डान्सरको रूपमा देखाएपछि विवादमा ‘पाँच पाण्डव’

काठमाडौं– महाभारतका पाँच पाण्डव र द्रौपदीको नामलाई आधुनिक नेपाली समाजसँग

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास