स्याङ्जाको वालिङबाट थालियो जग्गाको पुनः नाप नक्सांकन « Khabarhub

स्याङ्जाको वालिङबाट थालियो जग्गाको पुनः नाप नक्सांकन


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- स्याङ्जा जिल्लाको वालिङबाट जग्गाको पुनःनापनक्सा कार्य (विशेष नापी कार्य)को शुभारम्भ भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले आधुनिक प्रविधिबाट नापनक्सा गर्ने टीएस मेशिनको स्विच थिचेर पुनः नापनक्सा कार्यको शुभारम्भ गरेकी हुन् ।

उक्त अवसरमा मन्त्री अर्यालले नापी कार्यालय वालिङ स्याङ्जाको नवनिर्मित भवनको समेत समुद्‍घाटन गरिन् ।

विशेष नापीको शुभारम्भ गर्दै मन्त्री अर्यालले स्याङ्जामा नापनक्साका समस्या छन् । यो विशेष नापीले हिजोको नापनक्सा गर्ने तरिकाका कारण आज समस्या भोग्दै आएका नागरिकहरुले राहत पाउने बताए ।

‘पुनः नापनक्सा हामीले ल्यायौं । जो हिजो नापनक्सा गर्दा छुट्नुभएको छ । उहाँहरुले राहत पाउनुहुनेछ’, मन्त्री अर्यालले भनिन्, ‘हिजो अनुमानका आधारमा फिताले नाप्दा आज धेरै समस्या देखिएका छन् । यी सबै समस्याहरु समाधान गर्नका निम्ति हामीले यो अभियान थालेका हौं ।’

यो नापनक्सा डिजिटल प्रविधिको नापनक्सा भएको भन्दै मन्त्री अर्यालले टोटल स्टेशन भन्ने प्रविधिमार्फत अबको जग्गा नापेर त्यसको संरक्षण गरिने बताइन् ।

अर्को स्याटेलाइट इमेज र टोटल स्टेसनलाई मिसाउने हो भने मेरो जग्गाको नक्सा कुन् हो भनेर ठ्याक्कै छुट्याउन सकिने भन्दै मन्त्री अर्यालले पृथ्वीको शुक्ष्म अध्ययन गर्ने लाइडर सिस्टम पहिलोपटक यस वर्षदेखि शुरु गर्ने योजनामा रहेको बताइन् ।

धेरै उन्नतखालको प्रविधि प्रयोग गरेर जग्गाजमिनको नापनक्सा गर्ने अभियानमा रहेको भन्दै मन्त्री अर्यालले अब नाप नक्सा सम्बन्धी समस्या नहुने बताइन् ।

अबको जग्गा प्रशासन पारदर्शी र सुशासनयुक्त हुने मन्त्री अर्यालले दाबी गरिन् । मन्त्रालयअन्तर्गतका कार्यालयको सेवा प्रवाहमा औला उठेपछि सुशासनका पक्षमा काम गर्न प्रविधिको प्रयोग गरेर जानुपर्छ भन्ने मान्यताका आधारमा अगाडी बढेको उनले बताइन् ।

‘हामी सुशासनको संकल्पका साथ सेवा प्रवाहमा प्रविधिको प्रयोग गरेर अगाडी बढेका छौं । प्रविधिको प्रयोग गर्दा केही समस्या आए तर अब त्यस्तो हुँदैन । कर्मचारीको पनि स्किल बढ्न थालेको छ र सर्भर डाउन हुने समस्यालाई पनि समाधान हुदै गएको छ’, मन्त्री अर्यालले भनिन् ।

सबै कार्यालयलाई डिजिटलाइज्ड गरेर जनताको सम्पत्ति संरक्षण गर्ने अभियानमा आफू रहेको भन्दै अर्यालले बताइन् ।

उनले भनिन्, ‘जनताको सम्पत्ति भूमि हो त्यो हाम्रो कार्यालयमा छ । हिजो के भयो बिर्सिदउ । अब यसको संरक्षण डिजिटल रुपमा गर्नुपर्छ । हामी त्यही अभियानमा लागेका छौं ।’

विशेष नापी सम्पर्क कार्यालय वालिङ स्याङ्जाका टोली प्रमुख सुविन्द्र श्रेष्ठको नेतृत्वमा स्याङ्जा जिल्लाभरको जग्गाको नापनक्सा हुनेछ । यसको संयोजन भने विशेष नापी कार्यालय पाल्पाले गर्नेछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १० : ०० बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय