सर्जिकल मास्कको कृत्रिम अभावसँगै प्रशासनद्वारा अनुगमन « Khabarhub

सर्जिकल मास्कको कृत्रिम अभावसँगै प्रशासनद्वारा अनुगमन


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा- औषधि पसल तथा मेडिकल क्लिनिकमा सर्वसाधारणले मास्क र स्यानिटाइजरसमेत किन्न नपाएको गुनासो बढेसँगै जिल्ला प्रशासनले बनेपाको बजारमा अनुगमन शुरु गरेको छ ।

विश्व स्वास्थ्य संगठनले  कोरोना भाइरस ( कोभिड–१९) को उच्च जोखिममा नेपाल पनि रहेको जनाएसँगै बजारमा मास्कको कृत्रिम अभाव सिर्जना भएको छ ।

औषधि पसल तथा मेडिकल क्लिनिकमा जाँदा मास्क र स्यानिटाइजर नभएको र भए पनि बढी मूल्य लिएको जनगुनासो बढेपछि आज जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंको नेतृत्वमा औषधि पसल तथा मेडिकल क्लिनिकमा अनुगमन गरिएको हो ।

हुमागाईंको नेतृत्वमा स्वास्थ्य कार्यालयका चिकित्सक, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधिको उपस्थितिमा अनुगमन गरिएको हो ।

सो क्रममा बनेपा हेल्थ केयरका सञ्चालक जितेन्द्र थापाले हेल्थ केयरमा पनि मास्कको अभाव भएको बताए ।

“हामीसँग पनि कर्मचारीलाई पुग्नेबाहेकको मास्क छैन, माग गरे पनि आपूर्तिकर्ताले उपलब्ध गराउन सकेका छैनन्”, थापाले भने, “भएसम्मको त बिक्री वितरण गरिरहेका छौँ ।”

उनले अनुगमन समितिलाई अभाव भएको सामग्री उपलब्ध गराउने वातावरण निर्माण गर्न आग्रह गरे ।

बनेपा नगरपालिका–७ चारदोबाटोस्थित कृष्णप्रसाद अस्पतालका एक कर्मचारीले अस्पतालमा समेत मास्क नभएको बताए ।

“हामीसँग पनि कर्मचारीलाई प्रयोग गर्ने मास्क छैन, बजारमा खोज्ने क्रममा हिजो मात्रै रु ३० तिरेर दुईवटा किनेर ल्यायौँ”, ती कर्मचारीले भने ।

उत्पादकबाट बजारमा सहजै बिक्री वितरण भइरहेको भए पनि अहिले जिल्लाका मुख्य बजारमा मास्क किन्न नपाउने र पाए पनि महङ्गो तिर्नुपर्ने बाध्यता बनाएको सर्वसाधारणको गुनासो छ ।

बेथानचोक गाउँपालिका–२ का शिव तिमल्सिनाले बनेपा बजारसम्म आउँदा पनि मास्क किन्न नपाएको गुनासो गरे । “अहिले बजारमा मास्क नै किन्न पाइँदैन, भएको ठाउँमा पनि मूल्य बढी लिने गरिन्छ”, उनले भने ।

आफ्नो नजिकको चिन्ने मान्छेलाई बाहेक पसलमा मास्क नै नदिएको तिमल्सिनाले बताए ।

बनेपाका रिकेश कायस्थले बजारमा मास्क नै नपाएकाले उत्पादन गर्ने उद्योग नै खोजी गरेर किन्न जानुपर्ने अवस्था आएको बताए ।

“बजारमा मास्क नै पाइँदैन, बल्लबल्ल पाए पनि धेरै पैसा तिर्नुपर्छ”, कायस्थले भन्नुभयो, “मास्क खोज्ने क्रममा बल्लबल्ल चिनेका मान्छेको पसलमा पुगेर रु २५ तिरेर किनेँ, साथीभाइको नाताले मात्रै रु २५ मा दिएको हुँ”, पसलेको भनाइ उद्धृत गर्दै कायस्थले भने, “हामीले त मास्क एउटा पाउनलाई यति कष्ट र महङ्गो तिरेर किन्नुपर्‍यो भने सर्वसाधारणले कसरी प्राप्त गर्ने ?”

तर मास्क उत्पादक कम्पनी क्लिनसिटी प्रालिका सञ्चालक सुकदेव जोशीले भने उत्पादन गरेको मास्क सहजै ढङ्गले बिक्री वितरण गरिरहेको बताए ।

नगरपालिका–१३ साँगामा क्लिनसिटी प्रालि सञ्चालन गर्दै आएका सञ्चालक जोशीले भने, “हामीले यहाँ उत्पादन गरेको मास्क प्रतिगोटा रु पाँचमा बिक्री गरेका छौँ ।” त्यसलाई बजारमा व्यवसायीले रु १० सम्म लिने गरेको पाइएको उनले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी हुमागाईंले भने बनेपा, धुलिखेल र पनौतीका औषधि पसल तथा मेडिकल क्लिनिकमा अनुगमनका क्रममा सर्जिकल मास्क र स्यानिटाइजरलगायतका सरसफाइमा प्रयोग हुने वस्तुको अभाव रहेको पाइएको बताए ।

उनले आवश्यक आपूर्ति गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सम्बन्धित निकायसँग आवश्यक सरसल्लाह भइरहेको जानकारी दिए

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १० : १५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको