धनगढी उपमहानगरपालिकाद्वारा शैक्षिक संस्था बन्द गर्ने निर्णय « Khabarhub

धनगढी उपमहानगरपालिकाद्वारा शैक्षिक संस्था बन्द गर्ने निर्णय


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- धनगढी उपमहानगपालिकाले उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्था यही फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गइरहेको र यस महामारीको सन्त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने भन्दै सरोकारवालाको बैठकले सम्पूर्ण शिक्षण संस्थामा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षालगायत पठनपाठनका सम्पूर्ण क्रियाकलाप अर्को सूचना नभएसम्म लागू हुने गरी बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेखित छ ।

कोरोनाको संक्रमण स्वासप्रश्वास, हात मिलाउँदा, नजिकै बस्दा, बोल्दा हावाको माध्यमबाट एक व्यक्तिबाट अर्कोमा सर्ने भएकाले साथीभाईसँग भेटघाट हुँदा हात नमिलाउन, दुई मिटर टाढा नै बस्न, मास्क लगाउन, साबुन पानीले राम्रोसँग हात सफा गर्न, केही दिनलाई पुग्नेगरी घरमा खाद्यान्नको जोहो मिलाएर राख्न प्रेस विज्ञप्तिमा अनुरोध गरिएको छ ।

उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि किसिमका वार्षिकोत्सव, भेला, सभा, सम्मेलन, महोत्सवलगायत मानिसको भिडाभाडमा गरिने किसिमका कार्यक्रम आयोजना नगर्न हुन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ९ : १० बजे

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८