नेपाल र अजरबैजानबीच दुईपक्षीय व्यापारमा सहकार्य आवश्यक : राजदूत डा.असर्रफ « Khabarhub

नेपाल र अजरबैजानबीच दुईपक्षीय व्यापारमा सहकार्य आवश्यक : राजदूत डा.असर्रफ


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगंज- नेपाल र अजरबैजानले दुई पक्षीय व्यापारका लागि सहकार्यको विकास गर्नु पर्ने आवश्यक रहेको नेपाल र भारतका लागि अजरबैजानका राजदूत डा. असर्रफ शिखालिएवले बताएका छन् ।

वीरगंजमा आयोजीय सम्मान तथा परिचयात्मक कार्यक्रममा नेपाल र अजरबैजान भौगोलिक रुपमा समान रहेकोले यसको फाईदा दुबै देशले लिनु पर्ने बताएका हुन् ।

उनले नेपाल कृषि र पर्यटनमा संभावना बोकेको देश रहेकोले यहाँबाट जडिबुटी उत्पादन गरेर अजरबैजान निर्यात गर्दा आर्थिक समृद्धिमा सहयोग पुग्ने विचार व्यक्त गरे ।

अजरबैजान २० बर्ष अघि ४५ प्रतिशत गरिबीको रेखामुनी रहेको बताउँदै उनले अहिले ७५ प्रतिशत सूचना प्रविधितको पहुँचमा पुगिसकेको र शतप्रतिशत साक्षरता रहेको बताए ।

उनले देशलाई आर्थिक रुपमा समृद्ध बनाउँनका लागि शिक्षा र सूचना प्रविधिको उच्चतम प्रयोग गर्नु पर्नेमा जोड दिए ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले नेपालमा कृषि जन्य उत्पादनका उद्योगहरुमा प्रचुर संभावना भएकोले अजरबैजानले कृषि क्षेत्रमा लगानी गर्नेमा आफू विश्वस्त रहेको बताए ।

परिचयात्मक कार्यक्रममा बिरगंजका उद्योगी व्यवसायी, राजनीतिककर्मी तथा सञ्चारकर्मीहरुले अजरबैजानले प्राप्त गरेको सफलता र त्यहाँको सामाजिक, आर्थिक, शैक्षिक विकासको बारेमा जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ९ : ३५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै