नेपाल र अजरबैजानबीच दुईपक्षीय व्यापारमा सहकार्य आवश्यक : राजदूत डा.असर्रफ « Khabarhub

नेपाल र अजरबैजानबीच दुईपक्षीय व्यापारमा सहकार्य आवश्यक : राजदूत डा.असर्रफ


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगंज- नेपाल र अजरबैजानले दुई पक्षीय व्यापारका लागि सहकार्यको विकास गर्नु पर्ने आवश्यक रहेको नेपाल र भारतका लागि अजरबैजानका राजदूत डा. असर्रफ शिखालिएवले बताएका छन् ।

वीरगंजमा आयोजीय सम्मान तथा परिचयात्मक कार्यक्रममा नेपाल र अजरबैजान भौगोलिक रुपमा समान रहेकोले यसको फाईदा दुबै देशले लिनु पर्ने बताएका हुन् ।

उनले नेपाल कृषि र पर्यटनमा संभावना बोकेको देश रहेकोले यहाँबाट जडिबुटी उत्पादन गरेर अजरबैजान निर्यात गर्दा आर्थिक समृद्धिमा सहयोग पुग्ने विचार व्यक्त गरे ।

अजरबैजान २० बर्ष अघि ४५ प्रतिशत गरिबीको रेखामुनी रहेको बताउँदै उनले अहिले ७५ प्रतिशत सूचना प्रविधितको पहुँचमा पुगिसकेको र शतप्रतिशत साक्षरता रहेको बताए ।

उनले देशलाई आर्थिक रुपमा समृद्ध बनाउँनका लागि शिक्षा र सूचना प्रविधिको उच्चतम प्रयोग गर्नु पर्नेमा जोड दिए ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले नेपालमा कृषि जन्य उत्पादनका उद्योगहरुमा प्रचुर संभावना भएकोले अजरबैजानले कृषि क्षेत्रमा लगानी गर्नेमा आफू विश्वस्त रहेको बताए ।

परिचयात्मक कार्यक्रममा बिरगंजका उद्योगी व्यवसायी, राजनीतिककर्मी तथा सञ्चारकर्मीहरुले अजरबैजानले प्राप्त गरेको सफलता र त्यहाँको सामाजिक, आर्थिक, शैक्षिक विकासको बारेमा जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ९ : ३५ बजे

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३