अब कोरियाले कृषि क्षेत्रमा नेपाली कामदार नलिने « Khabarhub

अब कोरियाले कृषि क्षेत्रमा नेपाली कामदार नलिने


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- दक्षिण कोरियाले नेपाली कामदार लैजाने कोटा घटाउँदै आगामी वर्ष ५ हजार ७ सय जना मात्र लैजाने भएको छ ।

एचआरडी कोरियाका प्रतिनिधि र वैदेशिक रोजगार विभागबीच शुक्रबार भएको छलफलमा दक्षिण कोरियाले श्रमिकको कोटा घटाएको जानकारी गराएको हो।

आगामी वर्ष कृषि क्षेत्रमा कामदार नलैजाने पनि कोरियाले जानकारी गराएको छ। यसअघि नै भाषा परीक्षा उत्तीर्ण गरेर रोष्टरमा रहेका श्रमिकहरु भने जान पाउनेछन्।

गत वर्ष नेपाली श्रमिकका लागि १० हजार ५० जनाको कोटा तोकिएको थियो। त्यसमध्ये कृषि क्षेत्रमा ३ हजार र औद्योगिक क्षेत्रमा ७ हजार ५० जनाको कोटा तोकिएको थियो।

दक्षिण कोरियाले सन् २००८ बाट ईपीएस भाषा परीक्षा लिएर नेपाली श्रमिक लैजान थालेको हो। ईपीएस लागू भएपछि ६३ हजार बढी नेपाली रोजगारीका लागि कोरिया पुगेका छन्।

हाल करिब ४० हजार बढी नेपाली कामदार कोरियामा कार्यरत रहेको ईपीएस शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए।

अब ईपीएस भाषा परीक्षामा सहभागी हुनुपहिले बायोमेट्रिक परीक्षण पनि अनिवार्य गरिएको छ। यसका लागि हरेक परीक्षा सेन्टरमा बायोमेट्रिक परीक्षणको व्यवस्था गरिने निर्देशक खनालले बताए। भाषा परीक्षामा उत्तीर्ण भएकाहरुको सीप परीक्षण गर्ने बेलामा पनि बायोमेट्रिक जाँच गरिनेछ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ९ : २५ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६