दिपावली गरेर कोरोना भाइरसविरुद्धको लडाइँमा ऐक्यवद्धता « Khabarhub

दिपावली गरेर कोरोना भाइरसविरुद्धको लडाइँमा ऐक्यवद्धता


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणकाे जोखिम रोक्न नेपालमा आइतबार राति दिपावली गरिएको छ ।

कोरोना भाइरसविरुद्धको लडाइँमा ऐक्यवद्धता जनाउन नेपालका प्रमुख शहरहरु आइतबार राति ९ बजे देखि ९ मिनेट सम्म बिजुली बत्ती बन्द गरेर दियो, मैनबत्ती, टर्च तथा मोवाइलको फ्लास बालिएको हो ।

नेपालसँगै भारतमा पनि दिपावली गरिएको छ । सर्वसाधारणले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा ऐक्यवद्धता जनाउँदै दिपावली गरेका हुन् ।

कोरोना भाइरसविरुद्धको लडाईंमा ऐक्यवद्धता जनाउनका बत्ती निभाएर दिप प्रज्वलन गर्न भारतीय प्रधानमन्त्री मोदीले देशबासीलाई अपिल गरेका थिए। त्यसै क्रममा नेपालमा पनि दिप प्रज्वलन गरिएको हो ।

मोदीको सोही अपिलप्रति समर्थन जनाउँदै नेपालसहित भारतभर ९ बजे देखि ९ मिनेट सम्म बिजुली बन्द गरेर दीप प्रज्वलन गरिएको हो।

प्रधानमन्त्री मोदीले यसकार्यबाट मानिसहरुमा जनचेतना फैलने र लकडाउनका कारण घरमा बसिरहेका मानिसहरुलाई एक्लोपन महशुस नहुने बताएका थिए।

यसैबीच, प्रधानमन्त्री माेदीले दिल्लीस्थित आफ्नाे निवासमा दीप प्रज्वलन गरेर सबैलाई धन्यवाद दिए ।

भारतमा यतिबेला २१ दिन लामो लकडाउन चलिरहेको छ। आज लकडाउनको १३ औँ दिन हो। यस्तै नेपालमा पनि लकडाउनको १४ औं दिन भएको छ ।

कोरोना भाइरसको प्रकोप भारतमा दिन प्रतिदिन बढ्दै गइरहेको छ। हालसम्म भारतमा कोरोनाको संक्रमणबाट ११७ जनाको ज्यान गएको छ ।

 

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ९ : ०६ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै