कोरोना भाइरसका २० प्रकारका खोप बन्दै, प्रारम्भिक परीक्षणहरु सफल « Khabarhub

कोरोना भाइरसका २० प्रकारका खोप बन्दै, प्रारम्भिक परीक्षणहरु सफल


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  कोरोना भाइरसले महामारीको रुप लिइरहँदा  विश्वशक्ति राष्ट्रहरु खोपको पूर्ण परीक्षण नजिक पुगेका छन् ।

विश्वका धनी र शक्तिशाली देशहरु भाइरसविरुद्ध अरबौ लगानी गरेर भ्याक्सिन बनाउन सक्रिय भइरहँदा धमाधम प्रारम्भिक परीक्षणका खबरहरु सार्वजनिक भइरहेक छन् ।

प्रारम्भिक परीक्षणपछि हौसिएका वैज्ञानिहरुले खोपमा पूर्ण सफलता नजिक रहेको बताउन थालेका छन् ।

यद्यपि यसको व्यावसायीक उत्पादन सन् २०२१ अघि भने सम्भवन नरहेको उनीहरुले बताएका छन् ।

हाल अमेरिका, चीन, रुस, भारत, अष्ट्रेलियासहित युरोपेली देशहरु समेत भ्याक्सिनको विकासमा जुटिरहेका छन् ।

अमेरिका कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने पहिलो देश बन्ने दौडमा छ ।

उसले भ्याक्सिनको मानव परीक्षण शुरु गरिसकेको छ । अमेरिकाको मोडर्ना थेरापेटिक्स कम्पनीले कोरोना भाइरसको संक्रमण (कोभिड १९) विरुद्धको पहिलो मानव परीक्षण सुरु गरिसकेको छ ।

तर यसको पूर्ण परिणाम आउन कम्तिमा एक बर्ष लाग्ने कम्पनीले जनाएको छ ।

दक्षिण एसियाली मुलुक भारतले पनि कोरोना भाइरसबिरुद्धको भ्याक्सिन बनाउने काम थालेको छ ।

पुनेस्थित सेरम इन्सिटिच्युट अफ इन्डिया र अमेरिकाको कोडाजेनिक्सले संयुक्त रुपमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासमा लागेका हुन् ।

यसको पूर्ण विकासका लागि सेरम र कोडाजेनिक्सको संयुक्त प्रोजेक्टमा तीन अर्ब भारतीय रुपैयाँ बजेट छुट्याइसकिएको छ । भारतले विकास गरेको भ्याक्सिनको मानव परीक्षण भने छ महिनापछि मात्र हुने बताइएको छ ।

चीनले कोरोना भाइरसविरुद् खोप प्रकारको भ्याक्सिन विकास गरिरहेको छ । भ्याक्सिनको प्रयोग जनावरमा गरी सफल भएको चिनियाँ एकेडेमी मेडिकल साइंसेजको प्रयोगशाला पशु विज्ञान संस्थानका प्रमुख किन चुआनले मंगलबार ब्रिफिङमार्फत जानकारी दिएकी छन् ।

खोप प्रकारको भ्याक्सिन मध्ये केही निकै प्रभावकारी भएको चुआनले जनाएकी छिन् । भ्याक्सिनको परिक्षण मुसा र बाँदरमा भइरहेको जाकारी उनले दिइन् ।

रुसले पनि कोरोना भाइरसको भ्याक्सिन विकास गरिरहेको छ । उसले जनावरमा भ्याक्सिनको परीक्षण गरिरहेको खुलाइसकेको छ ।

रुसी समाचार संस्था तासका अनुसार भ्याक्सिनको क्लिनिकल परीक्षण अप्रिल महिनाभित्र पूरा हुनेछ ।

अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो) ले कोरोनाभाइरस प्रतिरोधी खोपको परीक्षण शुरु भइसकेको जनाएको छ ।

सिसिरोले मेलबोर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङस्थित अस्ट्रेलियाली पशु स्वास्थ्य प्रयोगशाला (एएएचएल) मा पहिलो चरणको परीक्षण आरम्भ गरिएको बिहीबार घोषणा गरेको हो ।

यो परीक्षण करिब तीन महिनामा सम्पन्न हुनेछ । यसको पनि परीक्षण मुसामार्फत हुनेछ । यसअलवा युरोपेली मुलुकहरुले पनि खोपको विकासमा काम गरिरहेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनकी इमर्जेन्सी कार्यक्रमकी प्रमुख डा. मारिया भान केरकोभीका अनुसार विश्वभर २० प्रकारका खोप विकास भइरहेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ९ : १३ बजे

विराटनगरले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार जारी दोस्रो खेलमा

काबुल–इस्लामावाद तनावले पाकिस्तानमा रहेका अफगान आप्रवासी प्रभावित

एजेन्सी– काबुल र इस्लामाबाद बिच बढ्दो तनावले पाकिस्तानमा बसोबास गर्दै

म्याग्दीमा दुई हजार दुई सय ३७ जना मतदाता थपिए

म्याग्दी– म्याग्दीमा दुई हजार २३७ जना नयाँ मतदाता थपिएका छन्

माछा मार्न गएका रामकुमार ताजपुरियाको मृत्यु

सुरुङ्गा– माछा मार्न गएका गौरादह नगरपालिका–६ आरतीनगरका ५० वर्षीय रामकुमार

ट्रम्पको २८ सूत्रीय शान्ति योजना : युक्रेनलाई २७ नोभेम्बरको समयसीमा

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्न तयार