कोरोना भाइरसका २० प्रकारका खोप बन्दै, प्रारम्भिक परीक्षणहरु सफल « Khabarhub

कोरोना भाइरसका २० प्रकारका खोप बन्दै, प्रारम्भिक परीक्षणहरु सफल


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  कोरोना भाइरसले महामारीको रुप लिइरहँदा  विश्वशक्ति राष्ट्रहरु खोपको पूर्ण परीक्षण नजिक पुगेका छन् ।

विश्वका धनी र शक्तिशाली देशहरु भाइरसविरुद्ध अरबौ लगानी गरेर भ्याक्सिन बनाउन सक्रिय भइरहँदा धमाधम प्रारम्भिक परीक्षणका खबरहरु सार्वजनिक भइरहेक छन् ।

प्रारम्भिक परीक्षणपछि हौसिएका वैज्ञानिहरुले खोपमा पूर्ण सफलता नजिक रहेको बताउन थालेका छन् ।

यद्यपि यसको व्यावसायीक उत्पादन सन् २०२१ अघि भने सम्भवन नरहेको उनीहरुले बताएका छन् ।

हाल अमेरिका, चीन, रुस, भारत, अष्ट्रेलियासहित युरोपेली देशहरु समेत भ्याक्सिनको विकासमा जुटिरहेका छन् ।

अमेरिका कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने पहिलो देश बन्ने दौडमा छ ।

उसले भ्याक्सिनको मानव परीक्षण शुरु गरिसकेको छ । अमेरिकाको मोडर्ना थेरापेटिक्स कम्पनीले कोरोना भाइरसको संक्रमण (कोभिड १९) विरुद्धको पहिलो मानव परीक्षण सुरु गरिसकेको छ ।

तर यसको पूर्ण परिणाम आउन कम्तिमा एक बर्ष लाग्ने कम्पनीले जनाएको छ ।

दक्षिण एसियाली मुलुक भारतले पनि कोरोना भाइरसबिरुद्धको भ्याक्सिन बनाउने काम थालेको छ ।

पुनेस्थित सेरम इन्सिटिच्युट अफ इन्डिया र अमेरिकाको कोडाजेनिक्सले संयुक्त रुपमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासमा लागेका हुन् ।

यसको पूर्ण विकासका लागि सेरम र कोडाजेनिक्सको संयुक्त प्रोजेक्टमा तीन अर्ब भारतीय रुपैयाँ बजेट छुट्याइसकिएको छ । भारतले विकास गरेको भ्याक्सिनको मानव परीक्षण भने छ महिनापछि मात्र हुने बताइएको छ ।

चीनले कोरोना भाइरसविरुद् खोप प्रकारको भ्याक्सिन विकास गरिरहेको छ । भ्याक्सिनको प्रयोग जनावरमा गरी सफल भएको चिनियाँ एकेडेमी मेडिकल साइंसेजको प्रयोगशाला पशु विज्ञान संस्थानका प्रमुख किन चुआनले मंगलबार ब्रिफिङमार्फत जानकारी दिएकी छन् ।

खोप प्रकारको भ्याक्सिन मध्ये केही निकै प्रभावकारी भएको चुआनले जनाएकी छिन् । भ्याक्सिनको परिक्षण मुसा र बाँदरमा भइरहेको जाकारी उनले दिइन् ।

रुसले पनि कोरोना भाइरसको भ्याक्सिन विकास गरिरहेको छ । उसले जनावरमा भ्याक्सिनको परीक्षण गरिरहेको खुलाइसकेको छ ।

रुसी समाचार संस्था तासका अनुसार भ्याक्सिनको क्लिनिकल परीक्षण अप्रिल महिनाभित्र पूरा हुनेछ ।

अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो) ले कोरोनाभाइरस प्रतिरोधी खोपको परीक्षण शुरु भइसकेको जनाएको छ ।

सिसिरोले मेलबोर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङस्थित अस्ट्रेलियाली पशु स्वास्थ्य प्रयोगशाला (एएएचएल) मा पहिलो चरणको परीक्षण आरम्भ गरिएको बिहीबार घोषणा गरेको हो ।

यो परीक्षण करिब तीन महिनामा सम्पन्न हुनेछ । यसको पनि परीक्षण मुसामार्फत हुनेछ । यसअलवा युरोपेली मुलुकहरुले पनि खोपको विकासमा काम गरिरहेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनकी इमर्जेन्सी कार्यक्रमकी प्रमुख डा. मारिया भान केरकोभीका अनुसार विश्वभर २० प्रकारका खोप विकास भइरहेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ९ : १३ बजे

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको