अध्ययनको निष्कर्ष: गुलियो पेयपदार्थले असामयिक मृत्युको सम्भावना बढाउँछ ! « Khabarhub

अध्ययनको निष्कर्ष: गुलियो पेयपदार्थले असामयिक मृत्युको सम्भावना बढाउँछ !


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गुलियो पेयपदार्थका कारण असामयिक निधन हुने सम्भावना बढाउने एउटा नयाँ अनुसन्धानले देखाएको छ ।

हार्भर्ड विश्ववद्यालयको टीएच चान स्कूल अफ पब्लिक हेल्थले प्रकाशित गरेको अनुसन्धानमा धेरै गुलियो खाने मानिसको असामयिक निधनको खतरा देखिएको हो ।

सो अनुसन्धानका लागि ३० वर्ष उमेरभन्दा माथिका ३७ हजार पुरुष र ८० हजार महिलाबाट तथ्याङ्क सङ्कलन गरिएको थियो।

“महिनामा एक पटकभन्दा कम पिउनेभन्दा महिनामा एकदेखि चार पटक पिउनेहरूमा खतरा एक प्रतिशतले बढ्ने, हप्ताको दुईदेखि छ पटक पिउनेहरूमा खतरा छ प्रतिशत बढ्ने, दिनमा एक वा दुई पटक पिउनेहरूमा १४ प्रतिशत खतरा बढ्ने र दैनिक दुईभन्दा बढी पटक पिउनेहरूमा २१ प्रतिशत खतरा बढ्ने देखिन्छ,” प्रमुख अनुसन्धानकर्ता वसन्ती मलिकले भनिन्।

अनुसन्धानले गुलियो पेयपदार्थ र मुटुसम्बन्धी समस्याबाट हुने असामयिक निधनका बीच गहिरो सम्बन्ध एवम् क्यान्सरबाट मृत्यु हुने सम्भावना रहेको देखाएको छ।

संसारभरि गुलियो पेयपदार्थको खपत बढिरहेको छ। सन् २०१८ मा संसारभरि औसतमा एक व्यक्तिले वार्षिक ९१.९ लिटर गुलियो पेयपदार्थ पिउने युरोमोनिटर इन्टर्न्याश्नलले बताएको छ।

हार्भर्डको अध्ययनले ‘डायट’ वा चिनी कम भएका पेयपदार्थ खाँदा कम खतरा देखिए पनि उक्त प्रकारको पेयको विश्वव्यापी खपत औसतमा प्रतिव्यक्ति प्रतिवर्ष ३.१ लिटर मात्रै रहेको जनाएको छ।

बोतलमा बेचिने पेयपदार्थ धेरै खपत गर्ने देशको पहिलो नम्बरमा चीन रहेको छ । प्रति व्यक्ति खपत ओसतमा प्रतिलिटर ४१०.७ रहेको छ । त्यस्तै अमेरिका ३५६.८, स्पेन २६७.५, साउदी अरेबिया २५८.४, अर्जेन्टिना २५०.४,नाइजेरिया २३३, जापान १८५ रहेको छ

चीनमा प्रतिव्यक्ति दैनिक ‍औसत खपत एक लिटरभन्दा बढी छ।

माथिको सूचीको पेय पदार्थमा बोतलमा पाइने पानी पनि समावेश छ।

तर तथ्याङ्कले के देखाउँछ भने चीनमा सन् २०१७ मा चीनमा बोतलको पानीको खपत प्रतिवर्ष प्रतिव्यक्ति औसत ३०.८ लिटर मात्रै छ।

सन् २०१५ मा ल्यान्सेट जर्नलमा प्रकाशित प्रतिवेदनमा अमेरिकीहरूले गुलियो पेयपदार्थबाट दैनिक औसतमा १५७ क्यालरी प्राप्त गर्ने तथ्याङ्क थियो।

त्यति क्यालरी प्राप्त गर्नका लागि दिनमा एउटाभन्दा बढी कोला पिउनुपर्छ।

कोका-कोलाको ३३० मिलिलिटरको बोतलमा ३५ ग्राम वा सात चम्चाबराबर चिनी हुन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार दिनमा ५० ग्रामभन्दा बढी चिनी खानुहुँदैन।

तर अमेरिकाभन्दा धेरै चिनी खाने देशरू पनि छन्।

गुलियो पेयपदार्थको बालबालिका र किशोरकिशोरीमा पार्ने असरबारे विश्वभरि चिन्ता व्यक्त हुने गरेको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९७५ मा मोटोपन भएका पाँचदेखि १९ वर्षका व्यक्ति एक करोड १० लाख रहेकोमा सन् २०१६ मा त्यो सङ्ख्या १२ करोड ४० लाख पुगेको थियो।

तर गुलियो पेयपदार्थको असर मोटोपनभन्दा घातक हुनसक्ने हार्भर्डको अध्ययनले देखाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ११ : २० बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले