डोटीमा गोली हानेर युवतीको हत्या « Khabarhub

डोटीमा गोली हानेर युवतीको हत्या


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डोटीमा गोली हानेर युवतीको हत्या भएको छ । डोटीको जोरायल गाउँपालिका–४ देउथलामा गोली प्रहार गरी २० वर्षीया अनिता वनको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार अनिताकै श्रीमानले उनीमाथि गोली प्रहार गरेका बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले युवतीका श्रीमान २२ वर्षीय खडक वनलाई पक्राउ गरिएको छ ।

उनीहरुले केही समय अगाडि मात्रै प्रेम विवाह गरेका बुझिएको छ ।

खडकले भरुवा बन्दुकबाट गोली प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ । यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक देउवाले जानकारी दिए ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १२ : २० बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय