कोरोनाका कारण टम क्रुजको फिल्म ‘टप गन: म्याभरिक’ को रिलिज मिति सर्‍यो « Khabarhub

कोरोनाका कारण टम क्रुजको फिल्म ‘टप गन: म्याभरिक’ को रिलिज मिति सर्‍यो


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – कोरोना भाइरसका कारण प्यारामाउन्ट पिक्चर्सको फिल्म ‘टप गन: म्याभरिक’ को रिलिज मितिमा हेरफेर गरिएको छ । २४ जुनमा रिलिजको तयारीमा रहेको यो फिल्म अब भने २३ डिसेम्बरमा रिलिज हुने भएको छ ।

टम क्रुज स्टारर सन् १९८६ को क्लासिक फिल्मको सिक्वेल ‘टप गन: म्याभरिक’ हलिउडको प्रतीक्षित फिल्ममध्ये एक हो ।

प्यारामाउन्टले यसअघि ‘अ क्वाइट प्लेस २’ लाई पनि स्थगित गरेको थियो ।

कोरोना भाइरसका कारण हलिउडका फिल्मले रिलिज मिति पछाडि सारेका छन् भने लाखौं फिल्म क्षेत्रका प्राविधिक रोजगारविहीन बनेका छन् ।

‘टप गन म्याभरिक’ १५० मिलियन डलरमा बनेको फिल्म हो । फिल्मले फाइदा उठाउनका लागि बढीभन्दा बढी टिकट विक्री गर्नुपर्ने हुन्छ ।

कोरोनाका कारण विश्वव्यापी माहोल नबनेकाले फिल्मको रिलिज मिति सरेको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १ : १५ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक