रौतहटमा वन सुरक्षा टोली र तस्कर समूहबीच गोली हानाहान « Khabarhub

रौतहटमा वन सुरक्षा टोली र तस्कर समूहबीच गोली हानाहान


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुजरा– रौतहटको गुजरा नगरपालिका– २ अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र वन सुरक्षा गस्तीटोली र तस्कर समूहबीच आइतबार साँझ दोहरो गोली हानाहान भएको छ ।

गोली हनाहानमा गस्तीटोलीले तीन राउण्ड र तस्करले दुई राउण्ड गोली प्रहार गरेको थियो । सेक्टर वन कार्यालय चोंचाका अधिकृत राजेशकुमार साहका अनुसार गोली हानाहानमा सुरक्षाटोलीतर्फ कुनै क्षति नभएको र तस्कर समूह भागेकाले क्षति भए/नभएको यकिन हुन सकेको छैन् ।

सो क्रममा तस्करले छोडेर भागेको एक थना भरुवा बन्दुक गस्ती टोलीले बरामद गरेको अधिकृत साहले जानकारी दिए ।

अञ्जुमन सामुदायिक वन क्षेत्रभित्र तस्कर समूहले एक राउण्ड गोली प्रहार गरेलगत्तै चोंचा सेक्टर वन कार्यालयबाट खोजतलासमा गएको गस्तीटोलीसँग भिडन्त भएको जिल्ला वन कार्यालय रौतहटका प्रमुख विनोदकुमार सिंहले बताए ।

लकडाउनको अवधिमा वन सुरक्षागस्ती टोलीले करिब १०० क्युफिट अवैध सालको काठसहित ३ जना तस्करलाई नियन्त्रणमा लिएको प्रमुख सिंहले जानकारी दिए । उनीहरुमाथि आवश्यक कानुनी कारवाही भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १ : ०३ बजे

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर

जुम्लाको तिलास्थित कुडारीमा आगलागी, एक किशोरको मृत्यु

जुम्ला– जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन

दोषी लुकाएर गरिने एकपक्षीय कारबाही र प्रतिशोधले देश जलाउँछ : नेता महर

काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै