कोरोना प्रभावितलाई बाग्लुङको राहात– गाउँमै उत्पादित मकै, कोदो र फापर « Khabarhub

कोरोना प्रभावितलाई बाग्लुङको राहात– गाउँमै उत्पादित मकै, कोदो र फापर


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ– कोरोना भाइरस,(कोभिड–१९) जोखिमले दैनिक श्रम र ज्याला गुमाएकाका परिवारलाई बाग्लुङको ताराखोला गाउँपालिकाले राहत वितरण गरेको छ । लकडाउनले समस्या झेलेका श्रमिक र मजदूरलाई खेतबारीमा उत्पादित मकै, कोदो, फापरलगायत अन्नबाली वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीका अनुसार शनिबार वडा नं १ का ३३ विपन्न परिवारलाई १० र १५ पाथीका दरले मकै–कोदो वितरण गरियो । यस्तै प्रतिपरिवार दाल दुई किलो चिनी दुई किलो, तेल एक लिटरसहित नुहाउने–हात धुने साबुन प्रदान गरिएको जनाइएको छ ।

आइतबार वडा नं ३ का २५ परिवारलाई राहत बाँडिएको उनले बताए । बाँकी वडा नं. २ का २५, ४ का २६ र ५ का २३ परिवारलाई सोमबार राहत वितरण गरिने उनको भनाइ छ । बिहान बेलुका हातमुख जोड्नै कठिन भएका परिवारको वडागत तथ्याङ्क सङ्कलन गरी राहत वितरण गरिएको हो । ‘तत्काललाई गाउँकै उत्पादन राहतमा प्रयोगमा गर्ने निर्णय भएकाले सोहीअनुसार गरेका छौँ,’ अध्यक्ष घर्तीले भने, ‘स्थानीय उत्पादन जैविक र पौष्टिक पनि हुन्छ ।’

राहतस्वरुप बाँड्नका लागि गाउँपालिकाले गाउँका किसानबाट ६० मुरी मकै र २० मुरी कोदो खरिद गरेको थियो । चार जनाको परिवारलाई १० र त्योभन्दा धेरै सदस्य भएका परिवारलाई १५ पाथीका दरले अन्न वितरण गर्ने गरिएको छ ।

बजारबाट नकिनी गाउँमै उब्जाउ भएको अन्नपातलाई राहतमा प्रयोग गर्ने गाउँपालिकाको सोचलाई धेरै रुचाएका छन् । कोरोना भाइरसविरुद्ध शरीरको प्रतिरक्षा प्रणाली बलियो पार्न घरेलु उत्पादनले सघाउने विश्वाससमेत गरिन्छ ।

ताराखोला स्थानीय उत्पादनका हिसाबले अगाडि छ । त्यहाँको मुख्य नगदेबाली भाँगो र आलु हो । गाउँपालिकाले कुनै परिवार छुटेका भए पनि राहतमा समेट्ने योजना बनाएको छ । अवस्था हेरेर राहतका थप कार्यक्रम ल्याउने बताइएको छ ।

जिल्लाका दशै स्थानीय तहले सङ्कटको यस घडीमा गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरिरहेका छन् । लकडाउनले दैनिक ज्याला मजदूरी गरेर परिवार धान्ने चर्को मारमा परेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  २ : ४० बजे

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र