पल्पसा क्याफे र फूलानी पढें, राम्रो लाग्यो: वर्षा शिवाकोटी « Khabarhub

पल्पसा क्याफे र फूलानी पढें, राम्रो लाग्यो: वर्षा शिवाकोटी


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका वर्षा शिवाकोटीको आज जन्मदिन हो । लकडाउनका बेला जन्मदिन परेकाले उनलाई यो जन्मदिन स्मरणीय रहनेछ । उनका फ्यानले वर्षालाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।

वर्षाको अभिनय रहेको फिल्म ‘लक्का जवान’ चैतमा रिलिज हुने भनिएको थियो । तर कोरोना भाइरसका कारण सरकारले हल बन्द गरेपछि फिल्मको प्रदर्शन स्थगित भयो ।

लकडाउनका कारण कलाकारहरू फुर्सदिला बनेपछि एकपछि अर्को कलाकार लाइभमा आएर फ्यानसँग गफिने गर्न थालेका छन् । यता नायिका वर्षा शिवाकोटी पनि आज (सोमवार) लाइभ आइन् । लाइभमार्फत उनले फ्यानसँग गफ गरिन् ।

सेल्फ क्वारेन्टाइनमा बसेकी वर्षाले फ्यानसँग बोल्न पाएको भन्दै खुशी व्यक्त गरिन् । साथै उनले आफ्नो साथी सर्कलमा जोडिएकाले सोधेको प्रश्नको उत्तर पनि दिइन् ।

फ्यानले कसरी दिन बिताइरहनुभएको छ भनेर सोधिरहेको प्रश्नमा वर्षाको काम र पुस्तक पढेर बिताएको बताइन् । उनले केही समयअघि मिचेल ओबामाको ‘बिकमिङ’ पढेकी थिइन् । उनले भनिन् – ‘पल्पसा क्याफे केही दिनअघि पढेर सकें, फ‌ूलानी पनि हिजो पढेर सकें, राम्रो लाग्यो ।’

‘पल्पसा क्याफे’ नारायण वाग्लेले लेखेको उपन्यास हो भने ‘फ‍‍ूलानी’ रंगकर्मी खगेन्द्र लामिछानेले लेखेको कथा सङ्ग्रह हो । वर्षाले भनिन् – ‘पल्पसा क्याफे’का बारेमा त मैले भन्नु नपर्ला । ‘फूलानी’मा पनि निकै राम्रा कथा रहेछन् ।

उनले सबैलाई पुस्तक पढ्ने बानी पार्न पनि आग्रह गरिन् । लकडाउनका बेला वर्षाले पढ्न चाहेका र पढ्न नपाएका पुस्तकको नाम बनाएको र पछि किन्ने पनि बताइन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ६ : २९ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते