प्रदेश १ को कोरोना कोषमा ११ करोड ६५ लाख रकम जम्मा « Khabarhub

प्रदेश १ को कोरोना कोषमा ११ करोड ६५ लाख रकम जम्मा


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोरोना भाइरसको संक्रमण रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश नम्बर १ सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा हालसम्म ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ रुपैयाँ जम्मा भएको छ ।

कोषमा सोमबार मात्रै ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्पिरिषद कार्यालयले जानकारी दिएको छ । कोषमा आइतबारसम्म ११ करोड ५९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको थियो ।

चैत ११ गते बसेको प्रदेश नम्बर १ को मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको संक्रमण रोकथाम, प्रतिरक्षा र उपचारका लागि १० करोड रुपैयाँको जनसुरक्षा कोषा खडा गर्ने निर्णय गरेको थियो । उक्त कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीले एक महिनाको पारिश्रमिक जम्मा गर्ने समेत निर्णय गरिएको थियो ।

राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा रकम गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । यस्तै, इन्टरनेट बैंकिङ र अनलाइन पेमेन्ट गेटवेमार्फत पनि खातामा पैसा जम्मा गर्न सकिने जनाइएको छ ।

कोषमा हालसम्म विभिन्न बैंक तता वित्तिय संस्था, विभिन्न संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ६ : ३९ बजे

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते