ऊर्जामन्त्री पुनद्वारा रोल्पाका स्थानीयतहलाई स्वास्थ्य सामग्री प्रदान « Khabarhub

ऊर्जामन्त्री पुनद्वारा रोल्पाका स्थानीयतहलाई स्वास्थ्य सामग्री प्रदान


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलश्रोत तथा सिचाइ मन्त्री वर्षमान पुन अनन्तले गृह जिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् ।

मन्त्री पुनले सोमबार चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यकीय स्वास्थ्य सामग्री पठाएका हुन् ।

मन्त्री पुनले पीपीई सेट मात्र १ सय १० थान, पञ्जा १ जहार थान, आधा लिटरको सेनिटाइजर १३ वटा र मास्क १ हजार थान पठाएका हुन् ।

पठाइएका स्वास्थ्य सामग्री जिल्ला अस्पतालसहित सबै स्थानीय स्वास्थ्य संस्थामा वितरण गरिने मन्त्री पुनले बताए । रोल्पाका सबै १० वटै पालिकामा ती सामग्री पुग्ने उनले बताए ।

जिल्लामा स्वास्थ्य सामग्रीको अभाव भएको गुनासो आएपछि मन्त्री पुनको पहलमा ती सामग्री संकलन गरिएको हो ।

यसअघि पहिलो चरणमा मन्त्री पुनले ४० थान पीपीई, ४ हजार थान मास्क र १० थान इन्फ्रारेड थर्मोमिटरलगायत स्वास्थ्य सामग्री जिल्लामा पठाएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ७ : ०१ बजे

अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमालेको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ– पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले

पक्राउ परेका ओली अस्पताल भर्ना, ५०१ नम्बर बेडमा राखियो

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय (त्रिवि)

कांग्रेसले आज नवनिर्वाचित सांसदहरुका लागि सचेतना कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आज ‘संसदीय सचेतना’ कार्यक्रम

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।