अस्पतालले उपचार गर्न नमान्दा कपिलवस्तुमा विरामीको मृत्यु « Khabarhub

अस्पतालले उपचार गर्न नमान्दा कपिलवस्तुमा विरामीको मृत्यु


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ६ रंगपुरकी अन्दाजी ३६ बर्षीया कलामुननिशाको अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको छ ।

आइतबार राति ज्वरोले च्यापेपछि निशालाई निजि सवारीसाधनको सहायताले कपिलवस्तु अस्पताल तौलिहवा ल्याइएको थियो ।

तर त्यहाँ पूर्णउपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा उपचारका लागि रेफर गरिएकोमा त्यहाँ भर्ना गर्न नमान्दा निशाको उपचार अभावमा मृत्यु भएको आफन्तले जनाएका छन्  ।

भैरहवा मेडिकल कलेजले पनि उनलाई भर्ना नलिएपछि पुनः कपिलवस्तु अस्पताल ल्याइएको थियो । तर उनको अस्पताल परिसरबाटै चिकित्सकले मृत घोषणा गरिदिएको वडा अध्यक्ष श्याम नरायाण उपाध्यायले जानकारी दिए ।

मृतक निशालाई तीन दिन पहिला सामान्य ज्वरो आएर तौलिहवास्थित एक मेडिकलबाट औषधि खुवाइएको बताइएको छ । कपिलवस्तु अस्पतालका मेसु डा. किशोर बञ्जाडले भने बिरामी ल्याएको तर उनको एम्बुलेन्समा नै मृत्यु भएको परिवारलाई जानकारी गराएको बताएका छन् ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कपिलवस्तु अस्पतालमा निशाको उपचार भएपनि भैरहवामा के कारणले भर्ना गरिएन भन्नेबारे जानकारी नभएको बताएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ७ : ३९ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको