कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार नाघ्यो, ३७ लाख २४ हजार बढी संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार नाघ्यो, ३७ लाख २४ हजार बढी संक्रमित


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार १२ पुगेको छ ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका ३७ लाख २४ हजार ३४५ जना संक्रमित छन् ।

संक्रमितमध्ये १२ लाख ३९ हजार ९ सय जना उपचारपछि घर फर्किएका छन् । २२ लाख २६ हजार ४३३ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४९ हजार २४८ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख ४४ हजार १०२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १४ लाख ९३ हजार ९७३ पुगेको छ । उत्तर अमेरिकी मुलुकहरुमा ७९ हजार ४३१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १२ लाख ४७ हजार २९ पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २० हजार ४५० जनाको मृत्यु भएको छ । ५ लाख ८७ हजार १९२ जना संक्रमित छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ११ हजार ९८१ जनाको मृत्यु भएको छ । २ लाख ३६ हजार ८२५ जना संक्रमित छन् ।

अफ्रिकी मुलुकहरुमा १ हजार ९१७ जनाको ज्यान गएको छ भने ५० हजार १६६ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ४३९ पुगेको छ ।

सबैभन्दा बढी संक्रमण भएको मूलुक अमेरिकामा ७२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप २ हजार ३०१ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ७२ हजार २२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार २५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ लाख ३६ हजार ८८० पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ९९ हजार ६८४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ६४ हजार ९७४ जनामध्ये १६ हजार १७५ जनाको अवस्था गम्भीर छ ।

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ५० हजारभन्दा बढी संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १८५ जनाको मृत्यु भएको छ भने २ हजार २६० जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार ६१३ पुगेको छ भने कुल संक्रमितको संख्या २ लाख ५० हजार ५६१ पुगेको छ । १ लाख ५४ हजार ७१८ जना उपचारपछि निको भएका छन् ।

७० हजार २३० जना उपचाररत छन् । त्यसमध्ये २ हजार २५४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

त्यस्तै इटालीमा एकै दिन २३६ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २९ हजार ३१५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ७७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १३ हजार १३ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ८५ हजार २३१ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९८ हजार ४६७ जनामध्ये १ हजार ४२७ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

त्यस्तै भारतमा एकै दिन थप १२७ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण १२७ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ६९३ पुगेको हो ।

भारतमा एकैदिन थप २ हजार ९६३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४९ हजार ४०० पुगेको छ । भारतमा संक्रमितमध्ये १४ हजार १४२ जना उपचारपछि निको भएका छन् । ३३ हजार ५६५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १५ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा छ ।

एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ५२० जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इरानमा ६ हजार ३४० जनाले ज्यान गुमाएका छन् भने चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ६ : २७ बजे

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

जनकपुरधाम – बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई

तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ

रुपन्देही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का

एएफसी महिला एसियन कप छनोट : भुटानले सिंगापुरलाई हरायो

काठमाडौं – भुटानले एएफसी महिला एसियन कप २०२६ को छनोट

जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क

टोकियो – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय

भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा