कोरोना संक्रमणमुक्त भएका ६ जनालाई कोशी अस्पतालबाट डिस्चार्ज गरिदै « Khabarhub

कोरोना संक्रमणमुक्त भएका ६ जनालाई कोशी अस्पतालबाट डिस्चार्ज गरिदै


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विराटनगरस्थित कोशी अस्पतालमा उपचारारत ३१ जनामध्ये ६ जना कोरोना संक्रमितको तेस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलबार गरिएको तेस्रो पटकको स्वाब परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि आजै डिस्चार्जको तयारी भएको छ ।

प्रदेश एकको सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार आज विहान ८ बजे डिस्चार्ज गर्न लागिएका भारतीय नागरिकलाई विराटनगरको रानीस्थित एक मस्जिदमा बस्ने व्यवस्था मिलाइएको छ ।

भारतमा पनि कोरोना भाइरसको संक्रमणले लकडाउन गरिएकाले उनीहरुलाई विराटनगरस्थित रानीमा रहेको मस्जिदमा क्वारेन्टाइनमै बस्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

वैशाख ५ र ६ गते उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको एक मस्जिद बसेका १२ जना भारतीयमध्ये ६ जनाको तेस्रो पटकको रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो ।

मन्त्री घिमिरेका अनुसार डिस्चार्ज हुनेहरुमा ३४ वर्षीय मोहम्मद अजिरवान, ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २६ वर्षीय मोहम्मद राशिद र २१ वर्षीय मोहम्मद अहमद साहेव रहेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ६ : ३३ बजे

चिकित्सक संघको निर्वाचन चैतभित्रै सम्पन्न गर्ने प्रस्ताव

काठमाडौं– नेपाल चिकित्सक संघको स्थगित  निर्वाचन चैत महिना भित्रै सम्पन्न

झोलुङ्गे पुलले जोड्दैछ चन्द्रडाँगी–लालपानी

दमक– जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित चन्द्रडाँगी बजार हुँदै कनकाई नदीपूर्वमा

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

गगनबाट ओली-प्रचण्डले पाठ सिक्छन् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार आफ्नो पदबाट राजीनामा

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा वर्षाका कारण  कम्तीमा १७