वुहानको ल्यावबाट कोरोना भाइरस बाहिरिएको अमेरिकी दावीको चीनबाट खण्डन « Khabarhub

वुहानको ल्यावबाट कोरोना भाइरस बाहिरिएको अमेरिकी दावीको चीनबाट खण्डन


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  वुहानस्थित एक ल्यावबाट कोरोना भाइरस बाहिरिएको अमेरिकी दावीमा सत्यता नरहेको चीनले जनाएको छ ।

वुहान ल्यावबाट कोरोना भाइरस वाहिरिएको कैयन प्रमाणहरु रहेको भन्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले एक टेलिभिजन अन्तरवार्तामा दावी गरेलगत्तै चीनले त्यसको खण्डन गरेको हो ।

चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमार्फत अमेरिकी दावी अस्वीकार गरेको हो ।

पूर्वसीआईएस निर्देशकले आधारहिन आरोप लगाएर विश्वलाई स्तब्ध बनाएको सम्पादकीयमा भनिएको छ ।

यदि पम्पिओसँग त्यस्ता प्रमाणहरु छन् भने उनलाई त्यस्ता कथित प्रमाण विश्वसामु पेश गर्न सम्पादकीयमार्फत चुनौती समेत दिइएको छ ।

उनीसँग त्यस्तो कुनै प्रमाण नरहेको र आइतबारको अन्तरवार्तामा उनले झुठो बोलेको चीनको पत्रिकाको सम्पादकीयमा दावी गरिएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पम्पिओले एवीसी टीभीलाई दिएको अन्तरवार्तामा कोरोना भाइरसको महामारी चीनको ल्याबबाट सुरु भएका कैयन प्रमाणहरु रहेको दावी गरेका थिए ।

अन्तरवार्ताका क्रममा कोभिड १९ को कारक कोरोनाभाइरस ल्याबमा भएको दुर्घटनाको परिणामस्वरुप बाहिरिएको वा नियतपूर्वक ल्याबमा नै बनाइएको भन्नेबारे भने पम्पिओ अन्यौलमा देखिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहितका उच्च अधिकारीहरुले चीनको वुहान इन्स्टीच्युट अफ भाइरोलोजीमा फ्रिजमा राखिएका भाइरस लिक भएर बाहिरिएको दावी गर्दै आएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : २२ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को