एक खेलमा ५ खेलाडी परिवर्तन गर्ने विषयमा फिफा सकारात्मक « Khabarhub

एक खेलमा ५ खेलाडी परिवर्तन गर्ने विषयमा फिफा सकारात्मक


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विश्व फुटबलको नियामक निकाय फिफाले एक खेलमा ५ जना खेलाडी सब्स्टीच्युसन (परिवर्तन) का लागि गरिएको प्रस्तावमा सहमति जनाएको छ ।

स्पेनिस खेल पत्रिका मार्काले फिफा स्रोत उल्लेख गर्दै नोबेल कोरोना भाइरस (कोभिड १९) पछि फुटबल सुरू हुँदा यो नियम कार्यन्वयनमा आउने लेखेको छ ।

कोरोना भाइरसका कारण यतिबेला विश्व खेलकुद ठप्प छ । फिफाले आफ्नो २ सय ११ सदस्य राष्ट्र (एसोसियसन) लाई स्वास्थ्यमा ध्यान दिएर फुटबल रोक्न आग्रह गरेको पनि दुई महिना पुग्न लागिसकेको छ ।

कोरोनाले गर्दा फुटबल गतिविधि बन्द रहेको समयमा इङ्ग्लिस फुटबल एसोसियसनले नियम परिवर्तनका लागि गरेको प्रस्तावमा फिफा सहमत भएको हो । कोरोना भाइरसको महामारी पछि विश्व फुटबल पनि नयाँ चरणमा प्रवेश गर्ने आँकलन भइरहेका छन् ।

छोटो समयमा धेरै खेल खेल्नु पर्ने भएपछि खेलाडी घाइते हुने डर बढीरहेकाले ५ जना खेलाडीको प्रस्ताव ल्याइएको थियो ।

९० मिनेटको खेललाई ४५ मिनेटमा छोट्टाउन पनि छलफल भइरहेको थियो । तर, उक्त प्रस्तावमा भने सोच्न नसकिने भन्दै अस्वीकार गरिएको मार्काले लेखेको छ ।

९० मिनेटको खेल ४५ मिनेटमा झार्दा खेलको स्वाद नै नरहने भन्दै उक्त विषयलाई फिफाले अस्वीकार गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : ४७ बजे

प्रतिनिधिसभा निर्वाचन : कास्की–२ मा त्रिपक्षीय भिडन्त हुँदै

गण्डकी– कास्की क्षेत्र नं २ मा १७ जना उम्मेदवार चुनावी

एमालेको चुनावी पोस्टरबाट केपी ओली आउट !

काठमाडौं– नेपाली कांग्रेसको चुनावी अभियानमा बनाइएका पोस्टरमा पार्टी सभापति गगन

होलीमा ‘जोगिरा’ सुनिन छाड्यो, संस्कृतिप्रेमीहरू चिन्तित

धनुषा– वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँटोलमा गुञ्जिने होलीको सुमधुर धुन

कास्कीका मतदान अधिकृतलाई अभिमुखीकरण तालिम सुरु

काठमाडौं– कास्की जिल्लामा आगामी हुने स्थानीय निर्वाचनमा खटिने मतदान अधिकृत

मोरङमा दुई अस्थायी मतदान केन्द्र राख्न आयोगलाई सिफारिस

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको लागि मोरङमा