लाइभ भिडियो हेर्न शुल्क लगाउने फेसबुकको तयारी « Khabarhub

लाइभ भिडियो हेर्न शुल्क लगाउने फेसबुकको तयारी


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  फेसबुकले लाइभ भिडियो हेर्नका लागि शुल्क तिर्नुपर्ने व्यवस्था गर्ने तयारी गरेको छ ।

कोरोना भाइरसको महामारीपछि जारी लकडाउनले समस्यामा परेका कलाकारहरुलाई सहयोग गर्ने उद्देश्यले केही साताभित्रै शुल्क लिने तयारी गरिएको हो ।

कलाकारहरुले फेसबुक लाइभमार्फत् आफ्नो प्रस्तुति दिएवापत उनीहरुलाई शुल्क तिरिने छ ।

यसबाट सर्जक तथा साना व्यवसायीहरुलाई समेत लाभ प्राप्त हुने फेसबुकले जनाएको छ। लाइभ भिडियोमा शुल्कको व्यवस्था लागू गर्नका लागि फेसबुकले एक नयाँ फिचर थप गर्नेछ।

जसअनुसार फेसबुक लाइभ गर्ने फेसबुक प्रयोगकर्ताले लाइभमा आउनुअघि नै आफ्नो लाइभ भिडियो अरुलाई नि:शुल्क रुपमा देखाउने कि स:शुल्क बनाउने भन्ने विकल्प रोज्न सकिनेछ ।

आफ्नो लाइभ भिडियोलाई शुल्क तिरेर मात्र अन्यले हेर्न सक्ने विकल्प लाइभकर्ताले छनोट गरेमा भिडियो हेर्नका लागि दर्शकहरुले तिरेको शुल्कको निश्चित रकम लाइभकर्तालाई फेसबुकले प्रदान गर्नेछ।

फेसबुकको यो नयाँ फिचरमार्फत् प्रयोगकर्ताले आफ्नो लाइभ भिडियोबाट आफुले आर्थिक लाभ लिने नभइ कुनै कल्याणकारी कार्यका लागि कोष संकलन गर्न सक्नेछन् ।

यस्ता प्रयोगकर्ताले आफ्नो लाइभ स्ट्रिममा कल्याणकारी कार्यका लागि भन्ने खुलाएमा संकलित सबै रकम नै फेसबुकले गैरनाफामूलक संस्थाहरुको खातामा जम्मा गरिदिनेछ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : ३६ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति