अखाद्य सामग्री बेच्ने व्यापारी धरौटीमा रिहा « Khabarhub

अखाद्य सामग्री बेच्ने व्यापारी धरौटीमा रिहा


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- म्याद गुज्रेको २८ बोरा मैदासहित पक्राउ परेका सिरहाको लहानका व्यापारी पवन मुन्धडा तीन लाख रुपैयाँ धरौती तिरेर रिहा भएका छन् ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीको नेतृत्वमा खटिएको संयुक्त बजार अनुगमन टोलीले गत वैशाख २१ गते गोदामभित्र म्याद गुज्रेको मैदा ट्रकमा लोड गरी बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा मैदासहित मुन्धडालाई पक्राउ गरेको थियो ।

कुनै पनि गुणस्तरहीन, म्याद समाप्ती, बिल विजक नभएका, लेभल नभएका वस्तु ढाँटेर वा झुक्याएर बिक्री वितरण गरेमा दुईदेखि तीन लाखसम्म जरिवाना गर्ने कानूनी प्रावधानअनुसार व्यापारी मुन्धडासँग तीन लाख रुपैयाँ धरौटी तिराएर रिहा गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईँले जानकारी दिए ।

वीरगञ्ज खाद्य उद्योग प्रालि परवानीपुर पर्साद्वारा उत्पादित राजहंस ब्राण्ड उच्चस्तरको मैदा आधुनिक मेसिनबाट उत्पादित भनिएको मैदा तीन महिनाअघि नै गुज्रिए पनि गोदाम राखेर बिक्री वितरण गरिरहेको पाइएकाले कारवाही गरिएको प्रजिअ गुरागाईँले बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ९ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै