अखाद्य सामग्री बेच्ने व्यापारी धरौटीमा रिहा « Khabarhub

अखाद्य सामग्री बेच्ने व्यापारी धरौटीमा रिहा


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- म्याद गुज्रेको २८ बोरा मैदासहित पक्राउ परेका सिरहाको लहानका व्यापारी पवन मुन्धडा तीन लाख रुपैयाँ धरौती तिरेर रिहा भएका छन् ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीको नेतृत्वमा खटिएको संयुक्त बजार अनुगमन टोलीले गत वैशाख २१ गते गोदामभित्र म्याद गुज्रेको मैदा ट्रकमा लोड गरी बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा मैदासहित मुन्धडालाई पक्राउ गरेको थियो ।

कुनै पनि गुणस्तरहीन, म्याद समाप्ती, बिल विजक नभएका, लेभल नभएका वस्तु ढाँटेर वा झुक्याएर बिक्री वितरण गरेमा दुईदेखि तीन लाखसम्म जरिवाना गर्ने कानूनी प्रावधानअनुसार व्यापारी मुन्धडासँग तीन लाख रुपैयाँ धरौटी तिराएर रिहा गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईँले जानकारी दिए ।

वीरगञ्ज खाद्य उद्योग प्रालि परवानीपुर पर्साद्वारा उत्पादित राजहंस ब्राण्ड उच्चस्तरको मैदा आधुनिक मेसिनबाट उत्पादित भनिएको मैदा तीन महिनाअघि नै गुज्रिए पनि गोदाम राखेर बिक्री वितरण गरिरहेको पाइएकाले कारवाही गरिएको प्रजिअ गुरागाईँले बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ९ : ५२ बजे

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा