भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या विगत दुई दिनदेखि तिब्र गतिमा वृद्धि भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार बिहानसम्ममा कोरोना संक्रमितको संख्या ४९ हजार ३९१ पुगेको जनाएको छ । मन्त्रालयले कोरोना भाइरसका कारण हालसम्म १ हजार ६९४ जनाको मृत्यु भएको पनि उल्लेख गरेको छ ।

भारतमा कूल संक्रमितमध्ये १४ हजार १८२ जना निको भएका छन् । उनीहरुलाई देशका विभिन्न अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

कोरोना संक्रमितहरुमध्ये महाराष्ट्र, गुजरात र नयाँदिल्ली सर्वाधिक प्रभावित क्षेत्र देखिएका छन् । महाराष्ट्रमा सबैभन्दा बढी १५ हजार ५२५ जना संक्रमित देखिएका छन् भने गुजरातमा ६ हजार २४५ जनामा कोरोनाको संक्रमण देखिएको छ । दिल्लीमा भने कोरोना संक्रमितको संख्या ५ हजार १०४ जना रहेको छ ।

यस्तै राजस्थानमा ३ हजार १९३ जनामा कोरोनाको संक्रमण देखिएको राज्य स्वास्थ्य विभागले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १२ : ४३ बजे

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज