कति छन् विदेशमा भारतीय ? « Khabarhub

कति छन् विदेशमा भारतीय ?


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत सरकारले देशव्यापी लकडाउन लागु भएपछि विदेशमा रोकिन बाध्य आफ्ना हजारौँ नागरिकलाई स्वदेश ल्याउने योजना घोषणा गरेको छ । उनीहरूलाई बिहीवारबाट चरणबद्ध रूपमा ल्याउन थालिने अधिकारीहरूले जनाएका छन्।

गृह मन्त्रालयका अनुसार विदेशमा फसेका भारतीयलाई विमान र नौसेनाको जहाजबाट ल्याउने काम मे ७ बाट सुरु हुनेछ । पहिलो साता झन्डै १५,००० नागरिक स्वदेश फर्किने अनुमान गरिएको छ ।

विदेशस्थित दूतावास र उच्चायोगले स्वदेश फर्किन चाहने अलपत्र परेका व्यक्तिको सूची तयार गरिरहेको अधिकारीहरूले जनाएका छन्।

सूची तयार गरिएपछि खराब अवस्थामा रहेका श्रमिक, वृद्धवृद्धा, गर्भवती र बिरामीलाई पहिलो प्राथमिकतामा राखिने बताइएको छ । गृह मन्त्रालयका अनुसार उड्नुअघि यात्रुको स्वास्थ्य जाँच गरिनेछ र कोरोनाभाइरस सङ्क्रमणको लक्षण नभएकाहरूलाई मात्र उडान अनुमति दिइनेछ ।

गन्तव्यमा पुगेपछि फेरि स्वास्थ्य परीक्षण गरेर सम्बन्धित राज्य सरकारद्वारा उनीहरूलाई अस्पताल वा १४ दिन क्वारन्टीनमा राखिनेछ। त्यसपछि पनि भाइरसको परीक्षण गर्ने बताइएको छ।

पञ्जाबका विशेष मुख्य सचिव केबीएस सिद्धूले ‘भारत सरकारको योजना’ ट्वीट गरेका छन् । त्यसअनुसार मे ७ देखि १३ तारिखसम्म १२ वटा देशमा ६४ वटा उडान गरिनेछ र १५,००० जनालाई फिर्ता ल्याइनेछ।

योजनाअनुसार पहिलो चरणमा यूएई, मलेशिया, बाङ्ग्लादेश, सिङ्गापुर, ओमान, कुवेत, साउदी अरब, अमेरिका, बहराइनसहित १२ देशबाट केरला, तमिलनाडु, महाराष्ट्र, दिल्ली, तेलङ्गाना, गुजरात, पञ्जाब, कर्नाटक, उत्तर प्रदेश र जम्मू-कश्मीरमा उडान हुनेछन्।

मालदिभ्सस्थित उच्चायोगका अनुसार त्यहाँबाट नौसेनाको जहाज मे ८ तारिखमा केरलाका निम्ति जानेछ। पहिलो चरणमा त्यहाँबाट ७०० मानिस फर्किन सक्ने बताइएको छ।

भारतीय विदेश मन्त्रालयका अनुसार २०० भन्दा बढी देशमा भारतीय राहदानीवाहक छन्। त्यस्ता गैरआवासीय भारतीयको सङ्ख्या झन्डै सवा करोड छ। तर ती प्राय: विदेशमै बस्छन्। तीमध्ये झन्डै ८७ लाख जना खाडी राष्ट्रमा कार्यरत छन्।

यूएईमा मात्र झन्डै ३४ लाख र साउदी अरबमा २६ लाख भारतीय रहेको बताइने गरिएको बीबीसीले उल्लेख गरेको छ । खाडीका अन्य देशका २९ लाखजति भारतीय छन् । विज्ञहरूका अनुसार खाडीका देशबाट भारतीय श्रमिकले वर्षेनि ५० अर्ब डलर आफ्नो देश पठाउँछन्।

कोरोनाभाइरससँग सङ्घर्ष गर्न भारतमा झन्डै डेढ महिनाअघि लगाइएको देशव्यापी लकडाउनका कारण फर्किन चाहनेहरू पनि विदेशमै अड्किएका छन्।

मङ्गलवार भारतमा झन्डै ४,००० नयाँ सङ्क्रमित फेला परेका थिए। एक दिनमा सङ्क्रमित पुष्टि भएको त्यो अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्या हो। स्वास्थ्य मन्त्रालयका एक अधिकारीले केही राज्यले ढिलो तथ्याङ्क दिएकाले सङ्ख्या बढेको बताए।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  २ : ११ बजे

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को

परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको छ : उपसभापति वाग्ले

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णीम

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं – इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

सुनिल थापालाई सम्झिँदै प्रियंकाले भनिन् : सधैं मेरो कोच रहनुहुनेछ

काठमाडौं – बलिउड सुपरस्टार प्रियंकाले चोपरा नेपाली सिनेमाका अनुभवी कलाकार