हाइवेमा गाडी चलाउँदै गरेका पाँच वर्षीय बालक प्रहरी नियन्त्रणमा | Khabarhub Khabarhub

हाइवेमा गाडी चलाउँदै गरेका पाँच वर्षीय बालक प्रहरी नियन्त्रणमा


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाको यूटा राज्यमा खल्तीमा तीन डलर बोकेका बालकले आफू महँगो गाडी किन्न अर्को राज्यतिर जान लागेको प्रहरीलाई बताएका छन्।

धेरैजसो पाँच वर्षीय बालकहरू भान्छामा दूध पोखेर वा कुकुरको पुच्छर तानेर अभिभावकलाई तनाव दिन्छन्। तर पाँच वर्षीय एड्रीअनले परिवारको गाडी सडकमा निकाले र प्रहरीको नियन्त्रणमा पुगे।

राजमार्गमा ५० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको गाडीले सडक अनुशासन पालना नगरेको देखेपछि प्रहरीले रोकेको थियो। चालकले प्रहरीको निर्देशनअनुसार गाडी रोके।

तर चालकको आसनमा एउटा बालकलाई देख्दा प्रहरीहरू छक्क परे। बालकले आफू महँगो ल्याम्बोर्गीनी गाडी किन्न हिँडेको बताए।

ती बालकका अनुसार आफूले कम्तीमा एक लाख ८० हजार डलर पर्ने गाडी किनिदिन गरेको अनुरोध आमाले नमानेपछि रिसाएर उनी घर छोडेर हिँडेका थिए।

“उनले आफैँ गाडी किन्न उक्त गाडी चलाएर क्यालिफोर्नियातिर जाने निर्णय गरे,” प्रहरीले ट्विटरमा लेखेको छ।

तर उनीसँग गाडी किन्न पुग्ने पैसा भने चाहिँ थिएन। “…किनभने उनको खल्तीमा तीन डलर मात्रै थियो।”

एउटा भिडिओमा सो गाडी राजमार्गमा केही हल्लिएर अगाडि बढेको देखिन्छ।

प्रहरीले चालकलाई केही समस्या होला भनेर रोकेको बताइएको छ ।

प्रहरीले ती चालकलाई ‘तिमी कति वर्षका भयौ?’ भनेर सोधेको भिडिओमा सुन्न सकिन्छ।

पाउदानसम्म खुट्टा पुर्‍याउन ती बालक सीटको छेउमा बसेको र आफ्नो घरबाट पाँच मिनेटको दूरीमा पुगेको प्रहरीको भनाइ छ।

सो घटनामा कसैलाई चोट नलागेको र स्थानीय अधिकारीले अभिभावकलाई कारबाहीका लागि मुद्दा लगाउने वा नलगाउने निर्णय गर्ने स्थानीय केएसएल टीभीले बताएको छ।

घटनाको बेला दुवै अभिभावक काममा रहेको र ती बालक दाजुको निगरानीमा छोडिएको बताइएको छ। घटनापछि प्रहरीले बालबालिकाका पहुँचमा गाडीको साँचो नराख्न आग्रह गरेको छ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १ : ०६ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर