हाइवेमा गाडी चलाउँदै गरेका पाँच वर्षीय बालक प्रहरी नियन्त्रणमा « Khabarhub

हाइवेमा गाडी चलाउँदै गरेका पाँच वर्षीय बालक प्रहरी नियन्त्रणमा


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाको यूटा राज्यमा खल्तीमा तीन डलर बोकेका बालकले आफू महँगो गाडी किन्न अर्को राज्यतिर जान लागेको प्रहरीलाई बताएका छन्।

धेरैजसो पाँच वर्षीय बालकहरू भान्छामा दूध पोखेर वा कुकुरको पुच्छर तानेर अभिभावकलाई तनाव दिन्छन्। तर पाँच वर्षीय एड्रीअनले परिवारको गाडी सडकमा निकाले र प्रहरीको नियन्त्रणमा पुगे।

राजमार्गमा ५० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको गाडीले सडक अनुशासन पालना नगरेको देखेपछि प्रहरीले रोकेको थियो। चालकले प्रहरीको निर्देशनअनुसार गाडी रोके।

तर चालकको आसनमा एउटा बालकलाई देख्दा प्रहरीहरू छक्क परे। बालकले आफू महँगो ल्याम्बोर्गीनी गाडी किन्न हिँडेको बताए।

ती बालकका अनुसार आफूले कम्तीमा एक लाख ८० हजार डलर पर्ने गाडी किनिदिन गरेको अनुरोध आमाले नमानेपछि रिसाएर उनी घर छोडेर हिँडेका थिए।

“उनले आफैँ गाडी किन्न उक्त गाडी चलाएर क्यालिफोर्नियातिर जाने निर्णय गरे,” प्रहरीले ट्विटरमा लेखेको छ।

तर उनीसँग गाडी किन्न पुग्ने पैसा भने चाहिँ थिएन। “…किनभने उनको खल्तीमा तीन डलर मात्रै थियो।”

एउटा भिडिओमा सो गाडी राजमार्गमा केही हल्लिएर अगाडि बढेको देखिन्छ।

प्रहरीले चालकलाई केही समस्या होला भनेर रोकेको बताइएको छ ।

प्रहरीले ती चालकलाई ‘तिमी कति वर्षका भयौ?’ भनेर सोधेको भिडिओमा सुन्न सकिन्छ।

पाउदानसम्म खुट्टा पुर्‍याउन ती बालक सीटको छेउमा बसेको र आफ्नो घरबाट पाँच मिनेटको दूरीमा पुगेको प्रहरीको भनाइ छ।

सो घटनामा कसैलाई चोट नलागेको र स्थानीय अधिकारीले अभिभावकलाई कारबाहीका लागि मुद्दा लगाउने वा नलगाउने निर्णय गर्ने स्थानीय केएसएल टीभीले बताएको छ।

घटनाको बेला दुवै अभिभावक काममा रहेको र ती बालक दाजुको निगरानीमा छोडिएको बताइएको छ। घटनापछि प्रहरीले बालबालिकाका पहुँचमा गाडीको साँचो नराख्न आग्रह गरेको छ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १ : ०६ बजे

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६

एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

बोस्टन – किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-०

आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६