प्रचण्डलाई भेट्न खुमलटार पुगे उपाध्यक्ष गौतम « Khabarhub

प्रचण्डलाई भेट्न खुमलटार पुगे उपाध्यक्ष गौतम


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- नेकपाका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

बुधवार(आज) प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच छलफल भएको स्रोतको भनाइ छ ।

भेटमा पार्टी सचिवालय बैठक र आगामी स्थायी समिति बैठक बारे छलफल भएको जनाइएको छ ।

२५ गते बोलाइएको स्थायी समिति र त्यसअघि को सचिवालय बैठकबारे दुई नेताबीच कुराकानी भएको थियो भने यसअघि बसेको सचिवालय बैठकमा उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने बारे भएको निर्णय बारे पनि छलफल भएको स्रोतको भनाइ छ ।

पछिल्लो समयमा अध्यक्ष प्रचण्डले आफ्ना भेटघाटलाई तिब्रता दिएका छन् ।

शनिबार यता प्रचण्डको दौडधुप बढेको छ ।

आइतबारदेखि प्रचण्ड नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारयाणकाजी श्रेष्ठसँगको भेटघाटमा व्यस्त बनेका छन् भने उनी प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीसँगको भेटवार्ताका लागि पनि बालुवाटार पुगिरहेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  २ : ०० बजे

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा