बंगलादेशमा प्रतिबन्धित समूहका लडाकूहरु गिरफ्तार « Khabarhub

बंगलादेशमा प्रतिबन्धित समूहका लडाकूहरु गिरफ्तार


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेश प्रहरीले राजधानी ढाकाबाट प्रतिबन्धित समूहमा आबद्ध १७ जना लडाकूलाई पक्राउ गरेको छ । ढाका महानगरीय प्रहरीका उपआयुक्त मसुदुर रहमानले प्रहरीको प्रतिआतंकवाद इकाईले सोमबार राति ढाकाका विभिन्न स्थानमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

यी लडाकूहरु बंगलादेशमा प्रतिबन्धित जमातुल मुजाहिद्दीन बंगलादेशमा आबद्ध रहेको बताइएको छ । यही समूहले सन् २०१६ को जुलाई १ मा ढाकाको गुल्सन क्षेत्रमा रहेको एक स्पेनी क्याफेमा घातक आक्रमण गरेको थियो ।

प्रहरीले उनीहरुको साथबाट १९ थान मोबाइलका साथै करिब २ हजार ६५९ अमेरिकी डलर बरामद गरेको छ । ढाका आक्रमण पश्चात बंगलादेश सरकारले जमातुल समूह विरुद्ध देशव्यापी छापा मारेर कारबाही गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ३ : ४५ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त