उपचार पछि घर गएका ३ जनामा पुनः कोरोना संक्रमण « Khabarhub

उपचार पछि घर गएका ३ जनामा पुनः कोरोना संक्रमण


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमण निको भएर घर फर्किएका तीन जनामा पुन: कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बैशाख ११ गते पाटन अस्पतालबाट डिस्चार्ज भएका पेप्सीकोलाका ५८ वर्षीया पुरुषमा फलोअप परीक्षणमा पुनः कोरोना संक्रमण देखिएको बताए ।

उनलाई अहिले पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरीएको छ । यस्तै बैशाख १९ गते डिस्चार्ज भएका रौतहटका १९ वर्षीया पुरुष र पर्साका ४४ वर्षीया पुरुषको पनि फलोअप टेष्टमा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डाक्टर देवकोटाको भनाइ छ । उनीहरुलाई पनि अहिले नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा भर्ना गरिएको प्रवक्ता डा देवकोटाले बताए ।

उनले कोशी अस्पतालमा ६ जना निको भएर घर फर्किएको बताए । यो सँगै नेपालमा कोरोना निको हुने संक्रमितको संख्या २२ पुगेको छ । तर, निको भएकामध्ये ३ जनामा पुन: संक्रमण देखिएको छ ।

प्रवक्ता देवकोटाका अनुसार देशभर कोरोना संक्रमित तथा कोरोना आशंका गरिएका सबै गरी १ सय ३६ जना देशभरका अस्पतालमा आइसोलेसनमा रहेकाक छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार पीसीआर विधिबाट हालसम्म १४ हजार ९६ वटा नमूना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० वटा नमूना परीक्षण गरीएको छ ।

प्रवक्ता देवकोटाका अनुसार हाल देशभर १९ हजार ७ सय ३४ जना क्वारेन्टाइमा रहेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ४ : ४५ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने