सय करोड कमाउने पहिलो फिल्मकी नायिकाले किन छाडिन् बलिउड ? « Khabarhub

सय करोड कमाउने पहिलो फिल्मकी नायिकाले किन छाडिन् बलिउड ?


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आमिर खान र सलमान खानसँग डेब्यु गरेका नायिकाहरु बलिउडमा उत्कृष्ट अभिनेत्रीको सूचीमा अटाउँछन् । बलिउडमा जम्नका लागि नायिकाहरु कडा मेहनत गर्छन् । तर, एक अभिनेत्रीले भने बलिउडका ७ वटा फिल्ममा अभिनय गरेपछि ब्रेक लिइन् ।

आसिन थोटुम्मकलले सन् २००८ मा आमिर खानसँग फिल्म ‘गजिनी’ बलिउड डेब्यु गरिन् । उनले दक्षिण भारतीय फिल्ममा पनि काम गरेकी थिइन् ।

सन् २००८ मा दक्षिण भारतीय फिल्म ‘गजनी’ को रिमेक बन्दा आसिन पनि शीर्ष भूमिकामा अनुबन्ध भइन् । साउथ फिल्ममा सूर्य थिए भने बलिउड फिल्म ‘गजनी’ मा आमिर खान थिए ।

यो फिल्म सुपरहिट भएपछि आसिनलाई कैयन् फिल्मबाट अफर आए ।

सन् २००९ मा उनको दोस्रो फिल्म ‘लण्डन ड्रिम्स’ रिलिज भयो । भलै यो फिल्मले बक्स अफिस सफलता हात पार्न सकेन । अजय देवगन १० वर्षपछि फिल्ममा आउँदै थिए । तर, यो फ्याक्टरले पनि फिल्म हिट बनाउन सकेन ।

आसिनले अर्को फिल्म सलमान खानसँग गरिन् । उनलाई सलमान खानका साथ फिल्म ‘रेडी’ मा देखियो । फिल्मले एक सय करोड कमाइ गर्‍यो । यो समयसम्म आसिनलाई थुप्रै फिल्मबाट अफर आएको थियो तर उनी चुजी रहिन् ।

उनले वर्षमा एक मात्र फिल्ममा अभिनय गरिन् । ‘रेडी’ पछि उनले ‘हाउसफूल २’ मा काम गरिन् ।

सन् २०१२ मा आसिनका लगातार तीन फिल्म रिलिज भए । हाउसफूल २, बोल बच्चन र खेलाडी ७८६ एकै वर्ष रिलिज भएका थिए । यी दिनै फिल्मले राम्रो कमाइ गरे ।

आमिर, सलमान र अक्षयसँग काम गरेकी यी अभिनेत्री त्यसपछि भने बलिउडबाट टाढा रहिन् ।

उनी पछिल्लो समय निर्देशक ‘अल इज वेल’ मा देखिएकी थिइन् । यो फिल्म असफल भएपछि उनले बलिउडका फिल्ममा काम गरिनन् । न त उनले दक्षिण भारतीय फिल्म नै साइन गरिन् ।

आफ्नो करिअरले उचाइ लिँदै गर्दा उनले माइक्रोम्याक्सका सीइओ राहुल शर्मासँग बिहे गरिन् । बिहेपछि आसिनले आफ्नो करिअरलाई नै अलविदा गरिन् ।

यद्यपि आसिनले सामाजिक सञ्जाल इन्स्टाग्राममा भने तस्वीरहरु अपलोड गरिरहेकी हुन्छिन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ६ : ५५ बजे

नवलपुर–२ : रास्वपाका उम्मेदवार मनिषको वाचापत्र सबैभन्दा पहिले आमालाई 

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुर–२ का राष्ट्रिय स्वतन्त्र पार्टी

शेखर कोइरालाको प्रतिबद्धता- सुकुम्बासी व्यवस्थापन र विराटनगर चक्रपथ निर्माण 

विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं. ६

विद्यालय शिक्षामा ठूला दल : कानुन बनाउने बेला एउटा, घोषणापत्रमा अर्को

काठमाडौं– विद्यालय शिक्षालाई हेर्ने विषयमा दलको व्यवहार र चुनावी घोषणापत्र

निर्वाचनका लागि स्रोतसाधन अभाव हुँदैन : अर्थमन्त्री खनाल

ललितपुर– अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका निम्ति आवश्यक स्रोतसाधनको कमी हुन

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं– आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर छ