नेकपा स्थायी कमिटी बैठक बिहीबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने « Khabarhub

नेकपा स्थायी कमिटी बैठक बिहीबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भोलि (बिहीबार) बिहान पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयबाट बिहीबार बिहान ११ बजे धुम्बाराहीमा बैठक बस्ने भन्दै स्थयी कमिटी सदस्यहरुलाई खबर गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालयबाट फोन तथा म्यासेजमार्फत बैठक बस्ने समय र बैठक बस्ने स्थानबारे जानकारी गराइएको छ ।

बुधबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच भएको छलफलपछि स्थायी कमिटी बैठकको समय र स्थान तय भएको हो ।

बिहीबार बस्ने स्थायी कमिटीको बैठकका एजेन्डा तय गर्न अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक बसिरहेको छ ।

पछिल्लो समय सरकारले २ वटा अध्यादेश ल्याएपछि बढेको विवादसँगै २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठकको माग गर्दै दुवै अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ४ : ५९ बजे

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर– जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन