उखु किसानको रकम तत्काल भुक्तानीको व्यवस्था गर्न निर्देशन « Khabarhub

उखु किसानको रकम तत्काल भुक्तानीको व्यवस्था गर्न निर्देशन


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको बाँकी रहेको भुक्तानी तत्काल उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले उपभोक्तालाई सुलभ र सुपथ मूल्यमा चिनी उपलब्ध गराउन र चिनी उद्योगका समस्यालाई पनि छलफलका आधारमा समाधानका लागि पहल गर्न सरकारलाई सुझाव दिएको छ ।

बैठकले कर्कटपातामा मुलुक आत्मनिर्भर भइसकेको हुँदा स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न ककर्टपाता आयातलाई रोक लगाउन सुझाव दिएको सभापति विमाल श्रीवास्तवले जानकारी दिए ।

गोर्खाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पबाट धेरै घर क्षति भएपछि सरकारले तत्कालको माग धान्न बाहिरबाट जस्तापाता आयात गर्ने र त्यसमा भन्सार छुट दिने नीति बनाएको थियो ।

भूकम्पछिको पुनःनिर्माण अन्तिम चरणमा पुगेको र मुलुकको माग धान्न सक्ने जस्तापाता स्वदेशमै उत्पादन हुने ठहर गर्दै समितिले सरकारलाई उक्त निर्देशन दिएको हो । यसअघि समितिले स्वदेशी उद्योगीसँग छलफल गरी राय सुझाव लिएको थियो ।

बैठकले स्वदेशमै उत्पादन हुने टेलिभिजनका पार्टपुर्जामा लिँदै आएको दोहोरो कर हटाउन सरोकारवालासँग छलफल गरी निर्णयमा पुग्न अर्थमन्त्रालयलाई निर्देशन दिएको छ ।

विविध कारणले बन्द रहेको टेलिभिजन उत्पादनसम्बन्धी उद्योग सञ्चालनमा ल्याउन सरकारलाई तत्काल पहल गर्न समितिले निर्देशन दिएको छ । त्यस्ता उद्योग बन्द हुँदा हजारौँको सङ्ख्यामा श्रमिक रोजगारी गुमेर अलपत्र परेका सभापति श्रीवास्तवले जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ६ : २३ बजे

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर– जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन