वुहान शहरमा पाँच महिनापछि विद्यालय जान पाउँदा विद्यार्थी खुशी « Khabarhub

वुहान शहरमा पाँच महिनापछि विद्यालय जान पाउँदा विद्यार्थी खुशी


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको उद्गम स्थल मानिएको चीनको वुहान शहरमा बुधबारदेखि विद्यालयहरु सञ्चालनमा आएका छन् ।

महामारी नियन्त्रणमा आएपछि जनजीवन सामान्य बन्दै गएपछि वुहानमा विद्यालयहरु खुलाइएका हुन् । गत डिसेम्बरमा कोरोना भाइरसको संक्रमण देखिएपछि जनवरीदेखि स्कूलहरु बन्द गराइएका थिए ।

झण्डै पाँच महिनापछि वुहानका बालबालिका विद्यालय जान पाएपछि निकै खुशी देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

वुहानका झण्डै ५७ हजार विद्यार्थी स्कूल फर्किएको चीनको सरकारी समाचार संस्थाले जनाएको छ । वुहानका १२१ विद्यालय खुलेका हुन् ।

कक्षा कोठामा ३० जनाभन्दा बढी विद्यार्थी नराख्ने र डेढ मिटरको दूरी कायम गरी डेस्कको व्यवस्था गरिएको जनाइएको छ ।

विद्यालयमा विद्यार्थीहरुलाई सामाजिक दूरी र अनिवार्य मास्कको व्यवस्था गरिएको छ । चीनमा कोरोना संक्रमण रोकिए पनि पूर्णरुपमा नियन्त्रणमा भने आएको छैन । केही नयाँ संक्रमणका घटना भने देखिँदै आएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ९ : ५४ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त