एउटै परिवारका १८ जना कोरोना संक्रमित नारायणी अस्पतालको आइसोलेसनमा « Khabarhub

एउटै परिवारका १८ जना कोरोना संक्रमित नारायणी अस्पतालको आइसोलेसनमा


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्सामा बुधबार कोरोना संक्रमण पुष्टि भएका १७ जनालाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार आज( बुधबार) संक्रमण पुष्टि भएका १७ जनालाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको हो ।

डा सिंहका अनुसार बुधबार देखिएका कोरोना संक्रमितहरु बैशाख २१ गते अस्पतालमा भर्ना भएका ३६ वर्षीया कोरोना संक्रमितको परिवार तथा आफन्त हुन् । डा सिंहका अनुसार आज देखिएका १७ जना संक्रमित ३६ वर्षीष पुरुषका बुबा, पत्नि, छोरा, छोरी र उनका दाइको परिवारका सदस्यहरु हुन् ।

यसअघि संक्रमण देखिएका एक पुरुषका परिवार र उनका आफन्तको अर्को एक परिवार सहित दुई परिवारका सबै जनालाई संक्रमण देखिएकाले उनीहरुलाई दुईवटा हलभित्रका आइसोलेसमा राखिएको डा सिंहले बताए ।

‘उहाँहरु यसअघि यहाँ भर्ना हुनुभएका एक जना पुरुषको परिवार र अर्को उहाँकै दाइको परिवार हुनुहुन्थ्यो,’ डा सिंहले भने, ‘उहाँहरु सबैजना एउटै परिवारको भएकाले हामीले उहाँहरुलाई एउटा  फ्ल्याटको दुइ वटा हलमा एउटामा महिला, बालबालिका र अर्को हलमा पुरुषहरु रहनेगरी आइसोलेनमा राखेका छौं ।’

डा सिंहका अनुसार तीन दिन अघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेका ती पुरुषलाई पनि उनकै परिवारको नजिकै राखिएको छ । डा सिंहका अनुसार पुरानो मेडिकल विभागमा रहेको हललाई आइसोलेसनमा व्यवस्थापन गरी उनीहरुलाई त्यहा राखिएको हो ।

उनीहरु सबैजना सामाजिक दूरी कायम गरेर एकअर्कासँग कुराकानी गर्न सक्ने गरी आइसोलेसनमा रहेका छन् । उनीहरु सबै मुस्लिम समुदायका हुन् ।

मुस्लिम समुदायको अहिले रमजान पर्व चलिरहेकाले आइसोलेसनमा पनि उनीहरुलाई सामाजिक दुरी कायम राख्दै नमाज समेत पढ्ने व्यवस्था मिलाइएको डा सिंहले बताए ।

‘उहाँहरु एउटै परिवारका भएकाले सबैजना कुराकानी गर्न सक्नुहुन्छ, सबैजना पोजेटिभ भएकाले बालबालिकाहरु एकअर्कालाई भेट्ने गर्नुहुन्छ,’ डा सिंहले भने, ‘उहाँहरु दुरी कायम गरेर सबैजना आइसोलेसनमै नमाज बढ्नुहुन्छ ।’

डा सिंहका अनुसार नारायणी अस्पतालमा रहेका अन्य १० जना कोरोना संक्रमितहरुलाई अर्को फ्ल्याट रहेको आइसोलेसन वार्डमा राखिएको छ ।
आज देखिएका १७ जना संक्रमितहरुमा २ महिना र ६ महिनाको शिशु देखि ११,१२,१३ र १४ वर्षका बालबालिका समेत रहेका छन् ।

डा सिंहका अनुसार आज अस्पतालमा भर्ना भएका संक्रमितहरुमध्ये २ महिनाका शिशु, ३ वर्ष, ९ वर्ष, १३ वर्ष, १४ वर्ष, १७ वर्षका गरी ६ जना बालक तथा ४० वर्ष,४५ वर्ष र ६६ वर्षका ३ जना पुरुषहरु रहेका छन् ।

यस्तै ६ महिना, १३ वर्ष, १३ वर्ष ३ बालिका र २९ वर्ष, ३२ वर्ष, ३५ वर्ष र ६२ वर्षका ४ जना महिला रहेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ११ : ४५ बजे

३२ वर्षअघि सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता धरापमा !

काठमाडौँ – पुराना बेथितिविरुद्ध लडेर बनेको बालेन नेतृत्वको सरकारसँग नागरिकको

प्रधानमन्त्रीको अभिव्यक्ति लगत्तै सुस्ताको तटबन्धमा भारतीय अवरोध !

नवलपरासी – प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदका

रास्वपा महाधिवेशन : सभापति लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७ देखि

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले  सिंहदरबारस्थित काँग्रेस

चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन

कास्की– डाँडाभरि फैलिएको हरियो चियाबारी, पृष्ठभूमिमा टल्किरहेका अन्नपूर्ण र माछापुच्छ्रे