चितवनका तीन स्थानमा स्मार्ट शौचालय « Khabarhub

चितवनका तीन स्थानमा स्मार्ट शौचालय


२४ जेष्ठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरले नगर क्षेत्रका तीन स्थानमा स्मार्ट शौचालय निर्माण शुरु गरेको छ ।

भरतपुर महानगरपालिकाको आवतजावत बढी हुने चौबीसकोठी, गोन्द्राङ र रामनगरमा स्मार्ट शौचालय निर्माणको काम थालिएको हो ।

ती स्थानमा स्मार्ट शौचालय बनाउन लागिएको हो । भरतपुर महानगरपालिका–१२ स्थित रामवेल सामुदायिक वनमा रहेको राइनो चिल्ड्रेन पार्क परिसरमा शुक्रबार स्मार्ट शौचालयको शिलान्यास गरिएको छ ।

वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदी र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संयुक्तरूपमा स्मार्ट शौचालयको शिलान्यास गरेकी हुन् ।

भरतपुर महानगर र प्रदेश सरकारको एक करोड २० लाख लागतमा शौचालय निर्माण हुनेछ । निर्माणको जिम्मा ज्योति निर्माण सेवाले पाएको छ । स्मार्ट शौचालय सुबिधा सम्पन्न हुनेछ ।

पाँचौँ नगरसभाबाट निर्णय गरेर प्रदेश सरकारसँगको साझेदारीमा शौचालय निर्माण गर्न लागिएको महानगर प्रमुख दाहालले बताए । उनले राइनो पार्कको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको र दुई करोड ५० लाख लागतमा पार्क निर्माणको लागत तयार भएको जानकारी दिए ।

शौचालयमा महिला र पुरुषको छुट्टाछुट्टै कोठासँगै अपाङ्गमैत्रीसमेत हुने महानगरकी आर्किटेक इञ्जिनियर अस्मिता खनालले जानकारी दिइन । उनले शौचालयको बाहिरी क्षेत्रमा स्मार्ट कार्डकक्ष रहने र त्यहाँ सिक्का खसालेर शौचालय प्रवेश गर्न सकिने बताइन । लम्बाइ ३३ फिट र चौडाइ २२ फिटमा बन्ने शौचालय आकर्षक हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  १० : १६ बजे

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र